add

कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ






ActPro Nepal

|

१८ पुष, २०७८

|
1131

धनगढी । कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी गस्ती टोलीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको हो। 

पुनर्वास नगरपालिका-१० दोदापुलबाट कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ बस्ने ३३ वर्षीय सनम भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो।

उनले चलाएको से ३ प ४४९६ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा कालो प्लाष्टिक भित्र राखेको अवस्थामा नाइट्राभेट १५ ट्याब्लेट र स्पास लेखेको ४४ क्याब्सुल फेला पारेको प्रहरीले जनाएको छ। 

सोही मोटरसाइकलको पछाडी सवार सोही ठाउँ बस्ने २८ वर्षीया रितु भण्डारीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूमाथि कानुन बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.