add

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, यी हुन् एजेण्डा






ActPro Nepal

|

१६ पुष, २०७८

|
957

काठमाडौं । माओवादी केन्द्रको स्थायी समितिको बैठक सुरु भएको छ । आठौं राष्ट्रिय महाधिवेशनकै बीचमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा माओवादीको स्थायी समिति बैठक बसेको हो । समूहगत छलफलमा निष्कर्षको रूपमा पेस भएका धारणा र सुझावहरूको प्रस्टीकरणको तयारी हुँदै गर्दा स्थायी समिति बैठक बसेको हो ।

आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष प्रचण्डले पेस गरेको प्रतिवेदनमाथि विभिन्न समूहबाट आएका सुझावको प्रस्टीकरणका लागि आवश्यक छलफल गर्न स्थायी समिति बैठक राखिएको हो ।

आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिका प्रश्नको जवाफ दिने भएका छन् । प्रचण्डले जवाफ दिएपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । स्थायी समिति बैठकमा पदाधिकारीमा सर्वसम्मत् बनाउने विषयमा छलफल हुने एक नेताले जानकारी दिए । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.