काठमाडौं । सन् २०२२ जनवरी ७ मा रिलिज हुन लागेको साउथको बहुप्रतिक्षीत फिल्म ‘आरआरआर’ लाई आउँदो वर्षको सबैभन्दा ठूलो रिलिज मानिएको छ । रिलिजको पहिलो दिन भारतमा मात्र फिल्मले ८० करोडमाथिको व्यापार गर्ने अनुमान गरिएको छ ।
साउथ सुपरस्टार जूनियर एनटीआर र रामचरण मुख्य भूमिकामा रहेको फिल्ममा बलिउडबाट अजय देवगन र आलिया भट्टको पनि अभिनय गरेका छन् । यो फिल्ममा अभिनय गर्न साउथदेखि बलिउड कलाकारले ठूलो माटो पारिश्रमिक बुझेको भारतीय मिडियामा चर्चा भइरहेको छ ।
फिल्मका लागि रामचरणले ४५ करोड भारु पारिश्रमिक लिएका छन् भने जूनियर एनटीआरले ४० देखि ४५ करोडको बीचमा पारिश्रमिक लिएको बताइएको छ । त्यस्तै, अजय देवगनलाई निर्माण टिमले २५ करोड र आलिया भट्टलाई ९ करोड पारिश्रमिक दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । निर्देशक राजामौलीले भने फिल्मको कमाईको ३० प्रतिशत मुनाफा पाउनेछन् ।
हिन्दी, तमिल, तेलुगू, मलालयम, कन्नड र अंग्रेजी भाषामा रिलिज हुने फिल्मलाई ‘बाहुबली’ निर्देशक एस।एस। राजमौलीले निर्देशन गरेका हुन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।