काठमाडौँ । नेपाल प्रहरीले प्राविधिक प्रहरी समूहतर्फका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) ई. फणिन्द्र बराल प्रहरी नायब महानिरीक्षक (डिआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।
प्रहरीको बढुवा समितिको बुधबार बसेको बैठकले नेपाल प्रहरीमा प्राविधिक समूहतर्फ इन्जिनियरिङ उपसमूह भौतिक पूर्वाधार तथा सवारी निर्देशनालयको डिआईजी पदको बढुवाका लागि बराललाई सिफारिस गरेको हो ।
बराललाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले जानकारी दिए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।