add

महिलामाथि सामूहिक बलात्कार घटनाका सबै आरोपी समातिए






ActPro Nepal

|

१५ पुष, २०७८

|
1419

काठमाडौं । काठमाडौंमा एक महिलामाथि भएको सामूहिक बलात्कारका सबै आरोपी पक्राउ परेका छन् ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार करिब ३३ वर्षीय एक महिलामाथि ९ जनाले गंगबुस्थित बसपार्क क्षेत्रमा सामूहिक बलात्कार गरेका थिए ।  

नयाँ बसपार्कस्थित एक होटलमा मंगलबार दिउँसो महिलामाथि सामूहिक बलात्कार भएको हो ।  

घटनामा संलग्नमध्ये ८ जनालाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो भने १ जना भने फरार भएका थिए । 


महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार घटनाबारे मङ्गलबार अपराह्न ३ बजे प्रहरीमा जानकारी आएको थियो ।

उजुरी परेलगत्तै खोजतलास र अनुसन्धानमा निस्किएको प्रहरीले त्यसको पाँच घण्टा नबित्दै राति ८ बजे १ जनालार्ई पक्राउ गरेको थियो । 

उनीसँगको बयान र थप अनुसन्धानका क्रममा त्यसको तीन घण्टापछि गएराति ११ बजेसम्ममा सात जना नियन्त्रणमा लिएको मैनालीले जानकारी दिए । 

उनका अनुसार थप खोजतलासका क्रममा आज बिहान ९ बजेतिर १ जना र अपराह्न ४ बजे थप एक गरी अहिलेसम्म ९ जना आरोपी पक्राउ परेका छन् । 

उनीहरुले एक गेष्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको पीडितको आरोप छ । उनको स्वास्थ्य परीक्षणसमेत गरिएको र घटनाको अनुसन्धान जारी रहेको जनाइएको छ । सबैले घटना स्वीकार गरको पनि प्रहरीले जानकारी दिएको छ ।

घटनाबारे अहिले थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.