add

पाँच महिनामा १४ करोडको नुन बिक्री






ActPro Nepal

|

१४ पुष, २०७८

|
1056

काठमाडौं । साल्टट्रेडिङ कर्पोरिशन लिमिटेड प्रदेश नं २ कार्यालयले चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनाका अवधिमा कूल चौध करोड रुपैयाँ मूल्य बराबरको नूनजन्य सामग्री बिक्री गर्न सफल भएको छ ।

कार्यालयका अनुसार आव २०७८/७९ साउनदेखि मङ्सिर मसान्तसम्मका अवधिमा कूल चौध करोड ३५ लाख २५ हजार ३२५  रुपैयाँ बराबरको नूनजन्य सामग्री बिक्री गरेको थियो । कार्यालय प्रमुख अमोज लामिछानेले गत आर्थिक वर्ष २०७७/७८ मा रु २७ करोड १० लाख ५५ हजार ८५० बराबरको नूनजन्य सामग्री बिक्री गरेको जानकारी दिए ।

२०२० साल भदौ २७ गते  सार्वजानिक निजी साझेदारीमा स्थापित सो कर्पोरेशनले पछिल्लो समय ऐतिहासिक फड्का मारेको छ । संस्थामा सरकारको २२ प्रतिशत शेयर लगानी छ ।

स्थापनाका ५८ वर्षमा कर्पोरेशनले दैनिक उपभोग्य वस्तु नून, चिनी, चामल, दालअन्य गेडागुडी, खाने तेल, आँटा, मैदा, ग्यासलगायतका वस्तु सर्वसुलभ रुपमा बिक्री वितरण गर्दै आएको छ । कर्पोरेशनले आफ्नो लगानीमा गोरखकाली रबर उद्योग, खाद्य उद्योग, नेपाल वनस्पति ध्यू उद्योग लिमिटेडलगायत हिमालय खाद्य एवं प्याकिङ उद्योग स्थापना गरेको थियो ।

यसैगरी नेशनल फाइनान्स लि, सगरमाथा इन्स्योरेन्स जस्ता संस्थाको स्थापना गरेर देशलाई औद्योगिकरणको दिशामा अघि बढाएको छ । सरकारले दिएको नीति निर्देशनमा कर्पोरेशनले समयमै आयात व्यवस्था गरेर चिनी, नून, चामल र मलको कमी हुन दिएको छैन ।

कर्पोरेशनले बिक्री वितरण गर्दै आएको आयोडिनयुक्त नून दक्षिण एशियामै सस्तो छ । कर्पोरेशनले ७ वर्षअघिकै मूल्यमा नूनको सहजरुपमा  बिक्रीवितरण गर्दै आएको छ । आयोडिनयुक्त नूनकै कारणले पहाडी र दुर्गम क्षेत्रमा लुलो लङ्गडो हुने, गाँड आउने, हात्तीपाइले, अन्धो हुनेजस्ता रोग हटेको जनाइएको छ ।

सरकारले मल आयात र बिक्री वितरणको सम्पूर्ण जिम्मा कर्पोरेशनलाई दिने हो भने बाली लगाउने र किसानलाई चाहिने बेलामा मलको हाहाकार नहुने जनाइएको छ । कर्पोरेशनले विसं २०७२ वैशाखको विनासकारी भूकम्प पछि घर पुनःनिर्माण गर्न जस्तापाता आयात गरी बिक्री वितरणसमेत गरेको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.