add

उद्योग वाणिज्य संघ काठमाडौं र आन्तरिक राजश्व विभागका टोलीबीच अन्तरक्रिया






ActPro Nepal

|

१३ पुष, २०७८

|
631

 काठमाडौं  । उद्योगी व्यवसायीहरुले विद्युतीय कर प्रणाली सरलीकृत गर्न आन्तरिक राजश्व विभागलाई आग्रह गरेका छन् ।

आन्तरिक राजश्व विभाग तथा नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंद्वारा संयुक्त रुपमा आयोजित कर सहभागीतामा विद्युतीय प्रणालीको उपयोग र आर्थिक ऐन २०७८ ले प्रदान गरेको छुट तथा सहुलियतका विषयमा आयोजित अन्तरक्रिया व्यवसायीहरुले करसँग सम्बन्धित अनलाइन सेवाहरु सरलीकरण गर्न सुझाव दिएका हुन् ।

उद्योगी व्यवसायीहरुले कर प्रणालीका अनलाइन सेवाहरु चलाउन मुस्किल भएको बताउँदै आर्थिक ऐन २०७८ ले प्रदान गरेको छुट तथा सहुलियतहरु समेत व्यवासयीहरुले सहज रुपमा पाउन नसकेको गुनासो गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा उद्योग वाणिज्य संघ काठमाण्डौंका अध्यक्ष दिनेश श्रेष्ठले कार्यक्रममा उद्योगी व्यवसायीहरुको राजश्वसँग सम्बन्धित समस्याहरुकोबारे जानकारी गराएका थिए ।

व्यवसायीहरुले कर कार्यालयको अनलाइन पोर्टल चलाउन नसक्ने अवस्था बनेको भन्दै त्यसमा साक्षरता अभिवृद्धि समेत जरुरी रहेको बताए । साथै श्रेष्ठले संघ र विभागबीच यस प्रकारको सहकार्यलाई निरन्तरता दिँदै काठमाण्डौंभित्र अन्य वस्तुगत संघहरु तथा क्षेत्रगत व्यवसायीक संघ संस्थाहरूसंग मिलेर अन्तरक्रिया कार्यक्रमहरु आयोजना गर्दै जानुपर्ने धारणा राखे ।

कार्यक्रममा आन्तरिक राजश्व विभागका महानिर्देशक शोभाकान्त पौड्यालले व्यवसायीहरुले उठाएका जिज्ञासाहरु माथी प्रकाश पार्दै समस्या समाधान गर्ने प्रतिवद्धता जनाए । अन्तरक्रियामा नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु , राजश्व सामितिका सदस्यहरु तथा विभिन्न विषयगत समितिका सदस्यहरू तथा अन्य वस्तुगत संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.