add

एमसिसी नेपालको हितमा छ : प्रधानमन्त्री देउवा






ActPro Nepal

|

११ पुष, २०७८

|
1428

काठमाडौं । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालको हितमा रहेको बताएका छन् ।

माओवादी केन्द्रको जारी महाधिवेशनमा शुभकामना मन्तव्य दिंदै प्रधानमन्त्री देउवाले एमसिसी नेपालको हितमा रहेको बताएका हुन् । 

‘एमसिसी नेपालको हितविपरीत छ भन्दै बुझ्दै नबुझी टिप्पणी गर्नेहरू छन् । यो सम्झौता राष्ट्रघाती छैन’ देउवाले भने, ‘यो सित्तैमा आएको पैसा हो । नेपालको हितमा छ ।’

एमसिसी पास गर्ने विषयमा राजनीतिक दलहरूबीच कुराकानी भइरहेको पनि देउवाले बताए । राम्रोसँग बुझ्दै नबुझी एमसिसीको विरोध भएको उनको भनाइ छ । 

‘म देशको प्रधानमन्त्री हुँ बाबा । मैले कहिल्यै देशकोविरुद्ध जान्छु होला र !’, उनले भने, ‘राष्ट्रघाति भन्नेले पहिला पढ्नोस् । मैले त यसमा कुनै राष्ट्रघाती देखेको छैन ।’

अर्कै विषयमा बोल्छु भनेर आफू आएको तर एमसिसी राष्ट्रघाती भएको टिप्पणी यहीँ भएपछि बोल्न बाध्य भएको देउवाले स्पष्ट पारे ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.