add

पुँजीबजारको विकासमा सघाउन प्रदेश १ तयार, आर्थिक विकेन्द्रीकरणमा जोड






ActPro Nepal

|

११ पुष, २०७८

|
719

काठमाडौं । काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ ९नाफिज०ले प्रदेश नम्बर १ को राजधानी विराटनगरमा प्रदेशस्तरीय पुँजीबजार सचेतना कार्यक्रम आयोजना गरेको छ । नेपाल मर्चेन्ट बैकर्स एशोसिएनसनको सहकार्यमा सो कार्यक्रम भएको हो । 

कार्यक्रममा प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले पुँजीबजारले छरिएर रहेको पैसालाई समेट्ने र त्यसले व्यवसाय र अर्थतन्त्र विकासमा सहयोग हुने हुँदा पुँजीबजारके विरुद्धमा सरकार नरहेको बताए ।

‘नेपालमा अहिलेको पुँजी बजारले विश्वास आर्जन गर्न सकिरहेको छैन । आममानिसमा सचेतना र जागरण ल्याउन यस्तै खालका कार्यक्रम गरी मनोबलको विकास गर्नुपर्छ,’ उनले भने । त्यसमा प्रदेश सरकारले आवश्यक सहयोग विस्तार गर्ने पनि उनले बताए । 

‘कानुन बनाउनुपर्ने भए बनाउँछौं, माथिल्लो सरकारमा आवश्यक समन्यव र सूचना पु¥याउन सहयोग गर्छौं, मोफसलमा पुँजीबजार फस्टाएको हेर्ने चाहना हाम्रो पनि छ,’ उनले भने ।

प्रदेश सरकार बजारको विकास र विस्तारका लागि सदैव तप्तर रहने उनले प्रतिबद्धता जाहेर गरे ।

यसैगरी, कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक नीरज गिरीले पुँजीबजारको विस्तार वृहतरुपले भइरहेको बताए । बजार विस्तारको तुलनामा धितोपत्र नियमनको आवश्यताअनुसार हुन बाँकी रहेको हुँदा त्यसका लागि बोर्डले पूर्वाधार निर्माण गरिरहेको उनले जानकारी दिए । 

‘सूचिकृत कम्पनीहरूमा ९० प्रतिशत कम्पनी बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरू हुँदा राष्ट्र बैंकले ल्याउने नीतिगत प्रभाव परेको छ’, उनले भने, ‘यसले लगानीमैत्री नभएको महशुस हुन्छ । बजारमैत्री नीतिगत सहजीकरण गर्न बोर्डले सम्बन्धित सबै निकायहरुमा समन्यव गरिरहेको छ ।’

बोर्डले प्रदेशस्तरमा पुँजीबजारको विकास र विस्तारका लागि स्थानीय सरकारसँग समन्यव गर्ने र प्रदेशस्तरमै स्टक ब्रोकर कम्पनीहरू ल्याइने उनले जानकारी दिए ।

‘प्रदेशमा बोर्डको आवश्कता महशुस गरिएको हो तर सो अनुसार काम गर्न कार्यसम्पादन विभाजन लगायतका विषयका कारण हामीले काम गर्न सकेका छैनौं, तर, पहिलो चरणमा प्रदेश सरकारकै कार्यालयम बोर्डको प्रतिनिधि राख्नेछौं, आवश्यक पर्दा केन्द्रबाट समन्यव हुन्छ,’ उनले भने ।

उनले कृषि क्षेत्रलाई प्राथमिकतामा राखी कमोडिटी मार्केट ल्याउन आवश्यक काम बोर्डले अघि बढाएको पनि जानकारी दिए । साथै, बजारमा चल्ने हल्लाको पछि र नीतिगत प्रभावमा नपरी कम्पनीको आधारभुत स्थितिको मूल्यांकन गर्नुपर्ने उनले सुझाव दिए । साथै, उनले पुँजीबजारमा लगानी गरी आफ्नो लगानीको सुनिश्चिता आफैँले गर्न उनले सुझाव दिए ।

प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले यहाँ पुँजीबजारको विकास र विस्तारमा सघाउन मन्त्रालय सदैव तयार रहेको बताए । प्रदेश तहमा पनि शेयर बजारको सञ्चालनका लाागि पूर्वाधार, नियामक र अन्य संरचना हुनुपर्नेमा उनको जोड थियो ।

नेपाल मर्चेन्ट बंैकर्स एशोसिएनशनका अध्यक्ष मेखबहादुर थापाले लगानीकर्तालाई सचेत भएर लगानी गर्न आग्रह गर्दै मर्चेन्ट बैंकिङले नेपालको पुँजी बजारमा पुर्याएको योगदान चर्चा गरे । उनले शेयर बजारमा लगानीका अन्य उपकरण थप गर्नुपर्ने जोड दिए । यी उपकरण केन्द्रमा मात्र नभएर प्रदेशसम्म विस्तार गरिनुपर्ने उनको भनाइ छ ।

नेपाल चेम्बर अफ कमर्श प्रदेश १ का अध्यक्ष सुरेशमान श्रेष्ठले पुँजीबजारका लागि स्पष्ट नीति नियमन हुनपर्ने बताए । उनले मोफसलमा पुँजीबजारको आर्कषण बढिरहेको बताउँदै राजधानी बाहिर पुँजीबजारमा देखिएको समस्या

समाधानका लागि सम्बन्धित निकायले तीनै तहको सरकारसँग समन्यव गर्नुपर्ने आवश्यकता औांलाएका थिए । नीतिगत अस्थीरताले लगानीकर्ताको लगानी जोखिममा परेको उनको भनाइ छ ।

नेपाल उद्योग परिसंघ प्रदेश १ का संयोजक भीम घिमिरेले सचेतनाको अभावमा देशका अधिकांश जनताले पुँजीबजारको सदुपयोग गर्न नसकेको बताए । राजधानी बाहिर पुँजीबजारका सम्बन्धमा सरोकारवाला, लगानीकर्ता र सरकारी निकायसमेत निष्कृय रहेको उनको भनाइ छ । ग्रामिण अर्थतन्त्रलाई पुँजीबजारमा जोड्न सके संगठितरुपमा बजारको विकास हुने उनको विश्वास छ ।

यस्तै, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का सल्लाहकार अविनाश बोहराले अहिलेको पुँजीबजार काठमाडौंकेन्द्रीत भएको भन्दै प्रदेशगत संरचनाअनुसार विकासको लागि पूर्वाधार निर्माणको आवश्यकता औंल्याएका थिए । प्रदेश नम्बर १ मा पुँजीको अभाव नभएको हुँदा यो प्रदेशले पुँजीबजारको विकासमा साथ दिन सक्ने उनको भनाइ छ ।

कार्यक्रमका मर्चेन्ट बैंकर्स एशोसिएसनको तर्फबाट महासचिव पारसमणि ढकाल र ब्रोकर एशोसिएसनको महासचिव गुणनिधि भुसालले सेयर लगानीकर्ताहरुलाई प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा १ सय ५० जनाभन्दा बढी लगानीकर्ता, प्राध्यापक, बैंकर र सर्वसाधारणको उपस्थिति रहेको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.