add

एमालेसँग पार्टी एकता गरेर गल्ती गरेका थिएनौं : प्रचण्ड






ActPro Nepal

|

११ पुष, २०७८

|
1057

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेसँग पार्टी एकता गरेर आफूहरूले गल्ती नगरेको बताएका छन् ।

आइतबारबाट राजधानीमा सुरू भएको आठौं महाधिवेशनको उद्घाटन सत्रमा माओवादी केन्द्रकका अध्यक्ष प्रचण्डले आफूहरूले एमालेसँग पार्टी एकता गरेर गल्ती नगरेको बताएका छन् ।

पार्टी एकता गर्दा आफूहरूको उदेश्य गलत नभएको उनको भनाइ थियो । ‘हामीले पार्टी एकता गरेर गल्ती गरेका थिएनौं, फेरि आत्मसमीक्षा गरौं, हाम्रो उदेश्य गलत थिएन’ उनले भने,‘एमाले महासचिव शंकर पोखरेलले भनेको कुरालाई पनि मनन गरौं ।’ 

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले र माओवादी केन्द्रको एकता जोगाउन नसकेकोमा पछुतो रहेको बताएका थिए ।

माओवादीको कार्यक्रममा पोखरेलले त्यतिबेला एमाले र माओवादी केन्द्रको एकता इतिहासको आवश्यकता भएको बताएका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.