add

माधव नेपालले भने, सभामुखज्यू तपाई एक्लो हुनुहुन्न हामी साथमा छाैं






ActPro Nepal

|

७ पुष, २०७८

|
1072

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको साथमा आफ्नो पार्टी रहेको बताएका छन् ।

पार्टीको गण्डकी प्रदेश कमिटीले मंगलबार पोखरामा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा उनले कानूनको शासनपालना गर्ने र संविधानको सर्वोच्चताको स्वीकार गर्नेहरुले सर्वोच्च अदालतको फैसला स्वीकार गर्नुपर्ने उल्लेख गरे। उनले भने,'सभामुखज्यू तपाई एक्लो हुनुहुन्न, तपाईको साथमा हामी पनि छौँ । दृढताका साथ अगाडि बढनुहोस् ।' 

तत्कालीन एमाले पार्टीबाट विद्रोह गरेर कम्युनिष्ट आन्दोलन जोगाउन र बचाउन कानूनको आधारमा साहसिक कदम चालिएको उनले स्पष्ट पारे । अध्यक्ष नेपालले नेपालको राजनीतिमा कम्युनिष्ट पार्टीलाई स्थापित गर्दै माक्र्सवाद र लेनिनवादप्रति पूर्ण प्रतिबद्ध रहेर कम्युनिष्ट मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात् गरी बेतिथि, गरिबीलाई समाप्त गरेर सुन्दर समाजको निर्माणमा आफ्नो पार्टी लाग्ने बताए ।

उनले भने, “भिन्न चरित्रको पार्टी बनाउने, क्रान्तिकारी चरित्र, सुसंस्कार बोकेको, आदर्शप्रति प्रतिबद्ध, निष्ठाको राजनीति गर्ने जनताको सेवाको भावनाबाट उत्प्रेरित पार्टी बनाउनका लागिनै आफैले यसअघि बनाएको पार्टीबाट विद्रोह गर्नुपरेको हो ।”

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठले गण्डकी प्रदेशमा आगामी दिनमा एकीकृत समाजवादीलाई पहिलो पार्टीका रुपमा स्थापित गरिने बताए। अहिलेका मन्त्रिपरिषद्का सदस्यले जनमुखी काम गरेको उनले उल्लेख गरे। प्रदेशस्तरीय प्रशिक्षणमा पार्टीका अन्य नेताले विभिन्न विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.