विराटनगर । मोरङको रंगली २ नहर टोलकी बालिका हत्या आरोपमा एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ।
रंगेली २ का चन्द्र उराउकी २१ महिनाकी छोरी युनिसाको हत्या आरोपमा सोही स्थानका नातामा फुपु फुपाजु पर्ने ४६ वर्षीय सैनी उराउ र उनकी श्रीमती ३५ बर्षीया संगिता उराउलाई पक्राउ आइतबार गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए।
उनका अनुसार जिल्ला अदालतबाट कर्तब्य ज्यान कसूरमा सोमबार ५ दिन म्याद थप गरी थप अनुसन्धान भईरहेको छ। हत्याको कारण खुली नसकेको उनले बताए।
गत मंसिर २६ गते बालिका घरबाटै बेपत्ता भएकी थिईन। उनको मंसिर २८ गते घर पछाडि पैनीमा गाडेको अवस्थामा शव फेला परेको थियो।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।