add

जुनी राईसहित ९ जनालाई प्रतिभा सम्मान






ActPro Nepal

|

४ पुष, २०७८

|
1263

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले ६ खेलाडीसहित ९ जनालाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान प्रदान गरेको छ । 

मन्त्रालयमा आईतबार सम्पन्न कार्यक्रममा उसु खेलाडीहरु जुनी राई, दिपक हमाल र सुस्मिता तामाङसहित कराँतेका एलेन श्रेष्ठ र एथलेटिक्सकी पुष्पा भण्डारीलाई प्रतिभा सम्मान प्रदान गरिएको हो । 

त्यसैगरी, पारा खेलकुदतर्फका केशव थापाले पनि प्रतिभा सम्मान प्राप्त गरेका छन् । ६ जना खेलाडीले सम्मानपत्रसहित जनही १ लाख प्राप्त गरे । 


रेफ्रीतर्फ तेक्वान्दोका अशोक खड्काले पनि प्रतिभा सम्मान प्राप्त गरे ।  उनी सम्मनपत्र सहित नगद १ लाखबाट पुरस्कृत भए ।  तेक्वान्दो प्रशिक्षकद्धय संगीना वैद्य र नोर्बु लामालाई पनि उक्त सम्मान प्रदान गरिएको छ ।

दुबैजनाले सम्मानपत्रसहित जनही नगद ५० हजार प्राप्त गरे । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले सम्मानपत्र प्रदान गरे । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.