add

प्याब्सन भक्तपुर अध्यक्षमा सुरेन्द्र श्रेष्ठ निर्वाचित






ActPro Nepal

|

४ पुष, २०७८

|
998

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)  भक्तपुर शाखा अध्यक्षमा सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । प्याब्सन भक्तपुरको १५औँ जिल्ला अधिवेशनले अध्यक्षका अर्का प्रतिस्पर्धी सेमन्तराज सुवेदीलाई पछि पार्दै उनी विजयी भएका हुन् । 

वरिष्ठ उपाध्यक्षमा राजन कसपाल, उपाध्यक्षमा विणा पाण्डे, सचिवमा विजय कर्माचार्य, सहसचिवमा सोमकृष्ण प्रजापति, कोषाध्यक्षमा नारायणकृष्ण श्रेष्ठ, सहकोषाध्यक्षमा लक्ष्मी कुटु निर्वाचित भएको चन्द्र अधिकारीले जानकारी दिए ।

यसैगरी सदस्यमा मिना महर्जन, सूर्य भण्डारी, लिलानाथ निरौला, खुल्ला सदस्यमा देवानन्द त्वाती, ईश्वरबहादुर श्रेष्ठ र महाधिवेशन प्रतिनिधिमा सानुराजा कार्की निर्विरोध निर्वाचित भएको उनले बताए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.