add

ओटीटीमा भिड्दै अक्षय र सलमानकाे फिल्म






ActPro Nepal

|

४ पुष, २०७८

|
1539

मुम्बई । बलिउडका दुई सुपरस्टार अक्षय कुमार र सलमान खान कोरोना महामारीको प्रकोपअघि नै बक्स अफिसमा भिड्न तयार थिए । जुन बेला अक्षय कुमार स्टारर ‘लक्ष्मी’ र सलमान खान स्टारर ‘राधे’ रिलिजको लागि तयार थियो । जुन फिल्म एकै दिन अर्थात् २२ मे २०२० मा रिलिज हुन लागेको थियो । यद्यपि, कोभिड महामारीपछि यी दुई ठूला बजेटका फिल्मको बक्स अफिस भिडन्त रोकिएको थियो ।

अब भने यी दुई स्टारको फिल्म डिजिटल प्लेटफर्म ओटीटीमा एकैसाथ हुने भएको छ । अक्षय कुमार, धनुष र सारा अली खान अभिनित फिल्म ‘अतरंगी रे’ २४ डिसेम्बरमा डिज्नी हटस्टारमा रिलिज हुँदैछ । यता सलमान खानको फिल्म ‘अन्तिम–द फाइनल ट्रुथ’ पनि यही मितिमा रिलिज हुँदैछ । सलमानका ज्वाई आयुष शर्मा र सलमान अभिनित यो फिल्म गत २६ नोभेम्बरमा थिएटरमा रिलिज भएको थियो ।

नयाँ सम्झौताअनुसार अब थिएटरमा फिल्म रिलिजको २८ दिनभित्र ओटीटी प्लेटफर्ममा रिलिज गर्नुपर्छ । अक्षयको ‘सूर्यवंशी’ ५ नोभेम्बरमा रिलिज भएको थियो । यो फिल्म ३ डिसेम्बरमा नेटफ्लिक्समा आइसकेको छ । सलमान र अक्षयको फिल्मको डिजिटल भिडन्तले बक्स अफिसमा खासै फरक नपार्ने व्यापार विश्लेषकहरूको बुझाई छ । किनकी यी फिल्महरू धेरै अगाडि रिलिज भइसकेका छन् । ओटीटीमा अक्षयको फिल्म नयाँ भएकाले यसको व्यापारमा केही असर पर्ने उनीहरूको भनाइ छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.