add

छ महिनाभित्र राप्रपालाई शक्तिशाली बनाउँछु : अध्यक्ष लिङ्देन






ActPro Nepal

|

४ पुष, २०७८

|
869

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दूराज्य चाहिन्छ भन्ने समुदायलाई समेटेर आगामी छ महिनाभित्र पार्टीलाई शक्तिशाली बनाउने दाबी गरेका छन् । आज झापाको विर्तामोडमा पार्टीको जिल्ला कार्य समितिले आयोजना गरेको बधाइ तथा शुभकामना कार्यक्रममा अध्यक्ष लिङ्देनले परिवर्तन र विकास चाहने ठूलो पङ्क्तिको अपेक्षा राप्रपासँग भएको बताउँदै पार्टीलाई आगामी आमनिर्वाचनबाट मुलुककै अग्रणी शक्तिको रुपमा स्थापित गरेर देखाउने दाबी गरे ।

कुर्सीमा बस्ने लोभ र महत्वाकांक्षाले नभएर मुलुकमा परिवर्तन ल्याउने हिम्मत बोकेर पार्टीको अध्यक्ष बनेको बताउँदै उनले राप्रपाले सदन र सडक दुवैबाट आफ्नो आवाज उठाउने र जुन बाटोबाट छिटो उपलब्धी हुन्छ त्यही मार्ग लिने बताए।

राप्रपाको हालै सम्पन्न महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि उनी पहिलोपटक गृह जिल्लामा आएर कार्यकर्तालाई सम्बोधन गरेका हुन् । उनले विगतमा कांग्रेस र कम्यूनिस्टलाई समेत मिलाएर हिँडेको स्मरण गर्दै पार्टीको आन्तरिक चुनावमा कसले कसलाई भोट दिएको भनेर आफूबाट कसैप्रति पनि पूर्वाग्रह नराख्ने बताए । उनले भन्नुभयो, 'म सानो चित्तले राजनीतिमा आएको होइन, कसैले उपेक्षित भएर पार्टी फुटाएर जानुपर्ने स्थिति बन्न दिइने छैन । हामीले गर्नुपर्ने काम अरु नै छ, पार्टीभित्र क्षमता र दक्षताका आधारमा नेता र कार्यकर्तालाई काम दिनेछु ।' कार्यक्रममा उनीलगायत केन्द्रीय कार्य समिति सदय र प्रदेश अध्यक्षसहित प्रदेश कार्य समितिमा निर्वाचित झापाका नेतालाई सम्मान गरिएको थियो । रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.