add

‘ज्यूँदो सहिद’ ​कायस्थलाई छोएर विश्वप्रकाशले लिए महामन्त्रीको सपथ






ActPro Nepal

|

३ पुष, २०७८

|
808

काठमाडौं । कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्मा ‘ज्यूँदो सहिद’को नामले चिनिने जनआन्दोलन २ का घाइते मुकेश कायस्थलाई भेट्न बनेपास्थित कायस्थकै निवासमा पुगेका छन् ।

१४औं महाधिवेशनबाट महामन्त्री निर्वाचित शर्माले कायस्थको पछिल्लो स्वास्थ्य अवस्थाबारे बुझेका थिए । उनले नयाँ जिम्मेवारी सुरु गर्नुअघी मुकेशलाई भेट्न आएको प्रतिक्रिया दिएका थिए । मुकेशलाई भेटेर आफूलाई बाटो नबिराउन प्रेरणा मिल्ने बताएका थिए ।

शर्माले कांग्रेसको महामन्त्री पदको जिम्मेवारीलाई गहिरो अनुभूति गर्न र इमान्दार ढंगले काम गर्न मुकेश कायस्थ र उनलाई जन्म दिने माता पितालाई छोएर शपथ खान आएको बताएका धारणा राखेका थिए । आमा मीरा कायस्थ, बाबु कृष्णप्रसादले छोराको स्वास्थ्यवस्थाबारे जानकारी दिएका थिए ।

दोस्रो जनआन्दोलनको क्रममा २०६२ चैत्र ७ गते कञ्चटमा गोली लागेर घाइते भएका मुकेश त्यसयता अर्धचेत अवस्थामा छन् । गोलीको घाउ निको भए पनि मुकेशको टाउकामा गहिरो खाल्डो छ ।

कायस्थ आफू जस्ता राजनीतिकर्मीलाई जिम्मेवारी बुझ्न र बाटो नबिराउन झकझक्याउने अनुहार भएको उनले बताए। 

उनले मुकेशलाई छोएर आफूले महामन्त्रीको सपथ लिएको बताए । ‘आज पुस २ गते महामन्त्री पदको जिम्मेवारी गहिरो अनुभुति गर्न र इमान्दार ढंगले कार्य गर्न म उनै मुकेश कायस्थ र उनलाई जन्म दिने मातापितालाई छोएर सपथ खान आएको आएको छु’ शर्माले भने ।

कांग्रेसका कसैले पनि द्वन्द्वमा प्रताडना भोगेकालाई बिर्सन नमिल्ने बताए । उनीहरु जस्तैका कारण देशमा गणतन्त्र आएको बताउँदै उनले आफूले छोएर सपथ लिने र द्वन्द्वको अवस्था देशमा कहिल्यै नआउने गरि राजनीतिमा सुधार गर्न आवश्यक रहेको बताए । ‘व्यवस्था ठिक छ, अवस्था सुधार गर्ने कुरामा हामी छौं,’  उनले भने । यस्तै शर्माले माओवादी आक्रमणमा मेरुदण्ड भांचिएर जीवन संघर्ष गरिरहेका युवा दिपेन्द्र गिरीलाई समेत भेटेका छन्। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.