add

शंकर पोखरेलको आरोप- भीम रावलले पार्टीमा जिम्मेवारी नै लिन खोज्नुभएन






ActPro Nepal

|

२ पुष, २०७८

|
810

काठकाडौं ।  नेकपा एमालेका महासचिव शंकर पोखरेलले अध्यक्षमा पराजित नेता भीम रावलले पार्टीमा जिम्मेवारी लिन तत्परता नदेखाएको बताएका छन्।

महासचिव पोखरेलले नेता रावलले तत्परता देखाउनेवित्तिकै पार्टीले आवश्यक छलफल गरेर उनलाई जिम्मेवारी दिने पनि स्पष्ट पारे। शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा नेकपा एमाले केन्द्रीय प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जिम्मेवारी लिनका लागि रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न सक्ने धारणा समेत राखे। हाललाई उनी नीतिगत रुपमा पार्टीको केन्द्रीय सल्लाहकार परिषद सदस्य रहेको पनि महासचिव पोेखरेलले जानकारी दिए।

उनले पार्टीका नेताहरुको कार्य विभाजनमा पार्टी नेतृत्वले विभेद गरेको भन्ने कुरा सत्य नभएको दावी गरे। महासचिव पोखरेलले समक्ष नेताहरुको विशाल पंक्ति भएकाले जिम्मेवारी दिने कुरामा तलमाथि भएपनि पार्टीका नेताहरुको कार्य विभाजनमा कुनै पनि प्रकारणको विभेद नरहेको बताए। पत्रकार सम्मेलनमा पार्टीको कार्यविभाजनमा विभेद भयो नि भनेर सञ्चारकर्मीहरुले प्रश्न गरेका थिए। त्यसको जवाफमा उनले आफ्नो पार्टीलाई नजिकबाट बुझ्नेहरुले यस्तो प्रश्ननै नगर्ने तर्क समेत गरे। एकसेएक नेताहरु भएको पार्टीमा सबैले समान प्रकारको जिम्मेवारी पाउने कुरा अपेक्षाकृत भएपनि त्यसलाई नै लिएर पूर्वमाओवादी वा दश बूँदे सहमती गरेर आएका नेताहरुको समूहलाई विभेद भयो भन्न नमिल्ने महासचिव पोखरेलको भनाइ थियो।

उनले भने,  ‘भीम रावलजी केन्द्रिय कमिटीमा रहनु भएन। त्यसकरण उहाँको कार्य विभाजन केन्द्रीय कमिटीमा रहेन। हामीले गरेको नीतिगत निर्णयको सन्दर्भमा हेर्ने हो भने केन्द्रीय सल्लाहकार परिषदको सदस्यको जिम्मेवारी दिइएको छ। त्यो भन्दा बाहेकको जिम्मेवारीको सन्दर्भमा उहाँले पार्टी अध्यक्षसँग परामर्शमा थप जिम्मेवारी दिने कुरा रह्यो। उहाँले जिम्मेवारी बहन गर्न तत्परता देखाउनु भयो भने हामी छलफलका लागि तयार छौं। पार्टीको कार्य विभाजनमा विभेद गरेको भन्ने कुरा सत्य होइन। समग्रतामा हाम्रो पार्टीलाई बुझ्नेहरु यस्तो प्रश्न गर्दैनन्। किनभने हाम्रो पार्टी विशाल कार्यकर्ताहरुको सहभागिता भएको पार्टी हो।’

महासचिव पोखरलले संसदको गतिरोध हटाउनका लागि सभामुख अग्निप्रसाद सापकोटाले राजीनामा दिनुपर्ने बताए। उनले आफ्ना पार्टीले कारबाही गरेका सांसदहरुको सूचना जारी नगर्ने गल्ती सभामुखले गरेकाले त्यसलाई सच्याउने वा राजीनामा दिने काम भएमात्रै संसदको गतिरोध अन्त्य भएर जाने पनि स्पष्ट पारे। महासचिव पोखरेलले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा संसदको अवरोध नहटेसम्म एमसीसीलगायतका कुनै पनि विजनेस संसदमा प्रवेश गर्न नसक्ने बताए।

महासचिव पोखरेलले राष्ट्रियसभाको निर्वाचनबाट आउने परिणामको आफ्नो पार्टीले चिन्ता नगर्ने बताए। माधव नेपालहरुले आफ्नो पार्टीको मतलाई खण्डित गरेकाले त्यसबाट आउने परिणामबाट आफ्नो पार्टी चिन्तित नहुने उनको भनाइ थियो। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.