add

भारतीय सेना प्रमुखसहित १३ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु






ActPro Nepal

|

२३ मंसिर, २०७८

|
1308

एजेन्सी, काठमाडौं । भारतीय सेनाका प्रमुख एवं पहिलो चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) बिपिन रावत र उनकी पत्नीसहित १३ जनाको हेलिकप्टर दुर्घटनामा परि निधन भएको छ । 

बुधबार भारतको तमिलनाडुमा एक हेलिकप्टर दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । भारतीय वायु सेनाले ट्विटरमा यसबारे जानकारी दिएको छ । 

हेलिकप्टरमा सवार १४ जना मध्ये १३ जनाको दुर्घटनामा मृत्यु भएको हो । ग्रुप क्याप्टेन वरुण सिंह दुर्घटनामा घाइते भएका छन् । 

उनको उपचार भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सेना प्रमुख रावतको निधनमा गहिरो दुस्ख व्यक्त गरेका छन् । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.