add

उपत्यकाबाट मोटरसाईकल चोर्ने गिरोहका ७ जना पक्राउ






ActPro Nepal

|

२१ मंसिर, २०७८

|
1246

काठमाडौ । काठमाडौ उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरेर विक्री वितरण गर्ने गिरोहलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको टोलीले काठमाडौंका विभिन्न स्थानमा बिशेष अपरेसन सञ्चालन गरि मोटरसाईकल चोरी गर्ने, डिस्मेण्टल गर्ने र विक्री बितरण गर्ने समूहका ७ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुमा रौतहट जिल्ला चन्द्रपुर नपा - ९ घर भएका  नर कुमार पुडासैनी, जुम्ला जिल्ला सिंन्जा गाउँपालिका-  ६ घर भएका पुन्दलाल बुढा,बारा जिल्ला महागढिमाई नपा ४ वस्ने रन्जित प्रसाद गुप्ता  रहेका छन् ।

यसैगरी  रौतहट जिल्ला गुजरा नपा-  २  वस्ने ज्ञानेन्द्र चौधरी, रविकुमार कुश्वाहा, उदयपुर जिल्ला रतुवामाई - १ घर भएका कमल बहादुर वस्नेत  र काठमाडौ  जिल्ला मैतिनगर वसने सन्तोष महर्जन रहेका छन् । 

पक्राउ गरिएको मोटरसाईकल र चोरीमा संलग्नहरूलाई आवश्यक कारवाहीको लागि विभिन्न महानगरीय प्रहरी वृत्तहरूमा पठाइएको ट्राफिक प्रहरी महाशाखाले बताएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.