add

आगलागी पीडित परिवारलाई प्रहरीको निःशुल्क स्वास्थ्य शिविर






ActPro Nepal

|

२० मंसिर, २०७८

|
866

मुगु ।  हिमाली जिल्ला मुगुका अग्नि पीडित तथा अन्य नागरिकलाई नेपाल प्रहरीले एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।  प्रहरी प्रदेश कार्यालय सुर्खेतको आयोजना तथा जिल्ला प्रहरी कार्यालय मुगुको समन्वयमा सोमबार जिल्ला सदरमुकाम गमगढीमा यहाँका स्थानीयका लागि शिविर सञ्चालन गरिएको हो ।

 पछिल्लो समय हिमाली जिल्लामा चिसो बढेसँगै चिसोजन्य रोग फैलिने र सर्वसाधारण ती रोगबाट ग्रसित हुने सिजन भएकाले केही स्वास्थ्यमा सुधार होस भनेर स्वास्थ्य शिविर सञ्चालन गरिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । 

कार्यालयका अनुसार गत कात्तिक २९ गते सदरमुकाम गमगढीको तल्लो बजारमा आगलागी भएर घर जलेका र त्रिपाल मुनि रात कटाई रहेका आगलागी पीडित परिवारहरूको समय मै निःशुल्क चेकजाँच तथा औषधि वितरण गरिएको जनाइएको छ ।

घरमा कामगर्दा लडेर सामान्य घाइते भएकी छायानाथ रारा नगरपालिका–५ ढुम गाउँकी ५३ वर्षीय जलुका बुढा उपचारका लागी जिल्ला अस्पताल मुगु जाँदै गर्दा गमगढीमा प्रहरीले निःशुल्क स्वास्थ्यशिविर गरेको थाहा पाएपछि अस्पताल लाई छोडेर शिविरमा निःशुल्क औषधि र चेकजाँच गर्न पाउँदा निकै खुसी भएको उनले बताइन् । 

चिसो समयमा बढी मात्रा बालबालिका र वृद्धवृदा लाई बढी चिसोले लगायत अन्य विभिन्न रोगले सताई रहेको हुँदा नेपाल प्रहरीको निःशुल्क शिविरमा चेकजाँच उपचार गर्न पाउँदा हर्षित भएका छौ तर मेडिकल लगायत अन्य निजी स्वास्थ्य पसलहरूमा चर्को मूल्य तिरेर औषधि उपचार गर्न बाध्य भएका थियौ यो शिविर बाट राम्रो सेवा पाउँदा आर्थिक कारोबार पनि बचत भएको अर्को स्थानीय ७३ वर्षीय तिलक प्रसाद चौलागाईंले बताएका छन् । 

दुर्गममा रहेका स्थानीय नागरिक, गएको कार्तिक २९ गते आगलागी पीडित भएका ८१ जना, जिल्ला प्रहरी कार्यालय मुगुमा कार्यरत सुरक्षाकर्मी, भूतपूर्व प्रहरीलगायत अन्य नागरिक गरी जम्मा २ सय ६९ जनाको स्वास्थ्य परीक्षण गरिएको मध्ये बढी मात्रा श्वासप्रश्वास, हाडजोर्नी, दम, पाठेघर समस्या, ग्यास्ट्रिक, छाला रोग सम्बन्धी समस्या भएका बिरामीहरू देखा परेको शिविरमा खटिएका प्रहरी निरीक्षक डा. शत्रुधन बहरदारले बताएका छन् । 

शिविर सञ्चालनका लागी प्रहरी प्रदेश कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक जगदीश प्रसाद भट्ट, डा. शत्रुधन बहरदार, कैलाश सुबेदी र प्रज सुनिल योगीको स्वास्थ्यकर्मी टिम आएको जिल्लाप्रहरी कार्यालय मुगुकाप्रहरी नायवउपरीक्षक सुवास हमालले जानकारी दिए ।  शिविरको उद्घाटन प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको स्वास्थ्य चेकजाँच गरेर गरिएको थियो ।


 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.