add

तीन दिन विद्यालय बन्द हुने






ActPro Nepal

|

२० मंसिर, २०७८

|
835

जनकपुर । जानकी मन्दिर दुलहीझैं सिंगारिएर झकिझकाउ बनाइएको छ । श्रद्धालुको चहलपहल बढेको छ ।

त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा जनकपुरमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा धुमधामसँग विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ ।

विवाहमहोत्सवको अवसरमा प्रदेश २ सरकारले बुधबार सार्वजनिक बिदा पनि दिएको छ । गत वैशाखमा प्रदेश सरकारले विवाह पञ्चमीमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

त्यसैगरी जनकपुरधाम उपमहानगरपालिकाले पनि विवाह पञ्चमी महोत्सवको अवसरमा नगरपालिकाका सबै सामुदायिक तथा निजी विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मंगलबारदेखि बिहीबारसम्म सबै शिक्षण संस्था बन्द गर्ने निर्णय गरिएको जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख मेहिलाल यादवले जानकारी दिए ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.