add

ओलीसँग छलफल गरेर ‘१० भाइ’ समूह निस्कियो






ActPro Nepal

|

१२ मंसिर, २०७८

|
653

सौराहा । नेकपा एमालेको तेस्रो धार अर्थात् १० बुँदे सहमति पक्षका  ‘१० भाइ’ समूहले अध्यक्ष केपी ओलीसँग भेट गरेको छ । आइतबार बिहान ओली बसेको सफारी रिसोर्टमा उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यसहितका नेताहरू छलफलपछि बाहिरिएका हुन् ।

ओलीसँग भेट गरेर बाहिरिएका ज्ञवाली र शाक्यले के विषयमा छलफल भएको भन्ने केही खुलाउन चाहेनन् । स्रोतका अनुसार उनीहरूले आफ्नो समूहबाट पदाधिकारीमा रहनुपर्ने नेताको नाम ओलीलाई बुझाएका हुन् ।

आफू बसेको रिसोर्टमा ओलीले पदाधिकारीका आकांक्षी र आफू निकट नेताहरूसँग छलफल गरिरहेका छन् । जसकारण महाधिवेशनको बन्दसत्र अहिलेसम्म सुरु भएको छैन ।

१० भाइ’ समूहमध्ये भीम रावलले अध्यक्षमा र घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रावल निकट कार्यकर्ताले बन्दसत्र हल बाहिर पर्चासमेत बाँड्न थालेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.