add

कांग्रेस महाधिवेशनको प्रचारप्रसार समितिले पूर्णता पायो






ActPro Nepal

|

१२ मंसिर, २०७८

|
801

काठमाडौं । १४औं महाधिवेशनमा होमिएको नेपाली कांग्रेसको प्रचारप्रसार समितिले पूर्णता पाएको छ।

पार्टी प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित १४औं महाधिवेशन प्रचारप्रसार समितिलाई शनिबार पूर्णता दिइएको हो।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार केन्द्रीय कार्यसमितिका सदस्यहरू जीवन परियार, किरण यादव, किरण गिरी, आमन्त्रित केन्द्रीय सदस्यहरू अभिषेक प्रताप शाह, जनकराज कलौनी र दिलीप राई सदस्य रहने गरी प्रचारप्रसार समिति बनेको छ।

यसैगरी सूचना, सञ्चार तथा प्रचार विभागका पदाधिकारी एवं सदस्यहरू, भ्रातृ एवं शुभेच्छुक संस्थाका अध्यक्षहरू, नेपाली जनसम्पर्क समितिका अध्यक्ष र संयोजकहरू, नेपाल प्रेस युनियन, केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरू, नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय अध्यक्षहरू, नेपाल प्रेस युनियन केन्द्रीय समितिका सल्लाहकारहरू, नेपाल प्रेस युनियन जिल्ला एवं प्रतिष्ठान शाखाका सभापतिहरू, काठमाडौंस्थित जिल्ला सम्पर्क समितिका सभापतिहरू सदस्य रहने गरी प्रचारप्रसार समितिलाई पूर्णता दिइएको हो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.