add

युवा नेता शाहीद्वारा कांग्रेस सुदूरपश्चिम अध्यक्षमा उम्मेदवारी घोषणा






ActPro Nepal

|

११ मंसिर, २०७८

|
1118

काठमाडौं। नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले १४औं महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।

गृह जिल्ला डोटीमा पत्रकार  सम्मेलन गर्दै नेता शाहीले सुदूरपश्चिम प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्षसमेत रहेका शाहीले सुदृढ र सशक्त कांग्रेस बनाउने उदेश्यका साथ आफ्नो उम्मेदवारी रहेको बताएका हुन्।

'अब पार्टीमा युवा जोसको पनि खाँचो छ। लामो समय विद्यार्थी राजनीतिमा रहेर काम गरिसकेकाले अब पार्टीको मूल नेतृत्वमा आएरै जनताको सेवा गर्नुपर्छ भन्ने भावनाले मैले उम्मेदवारी घोषणा गरेको हुँ', उनले भने। उनले सधै आफू जनताको सेवामा नै समर्पित हुने बताएका छन्।

कांग्रेसमा गुटगत राजनीतिको अन्त्य हुनुपर्ने बताउँदै सधै आफू त्यसको पक्षमा रहने उनले बताए। 

कांग्रेसको प्रदेश महाधिवेशन मंसिर १६ देखि १७ गतेसम्म कैलालीमा हुने भएको छ।                                   


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.