add

आज एमालेको १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटन, यस्तो छ तयारी






ActPro Nepal

|

१० मंसिर, २०७८

|
1049

चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ । शुक्रबार उद्घाटन हुने महाधिवेशनको उद्घाटन स्थल नारायणी नदी किनारलाई आकर्षक रुपमा सिंगारिएको छ ।

नारायणगढस्थित नारायणी नदी किनारमा उद्घाटन सत्रका लागि स्टेजसहितको तयारी गरिएको हो । उद्घाटन सत्रमा पाँच लाखभन्दा बढी सहभागी हुने पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । 

महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र १०३ जना परिवेक्षक सहभागी हुनेछन् । प्रतिनिधि भूगोल, जनसङ्गठन, विभाग र सम्पर्क कमिटी र प्रवासबाट सहभागी हुँदैछन् । उनका अनुसार प्रतिनिधिमध्ये पाँच प्रतिशत अर्थात १०६ जना मनोनित गरिएका हुन । प्रतिनिधिमा २०९ जना दलित, उत्पीडित र ६२७ जना महिला रहेको उनले बताए। कूल प्रतिनिधि सङ्ख्याको ३० प्रतिशत महिला, १० प्रतिशत हाराहारी दलित, उत्पीडित रहेको उनको भनाइ थियो ।  महाधिवेशनमा सल्लाहाकार १५ सहित पाका–पुराना १०३ जना परिवेक्षक रहनेछन् । आज उद्घाटन सत्रका लागि पाँच हजार स्वयंसेवक परिचालन हुने उनले जानकारी दिए ।

महाधिवेशनमा प्रधानमन्त्री एवंं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न दलका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भट्टराईका अनुसार भारत, बङ्गलादेश, श्रीलङ्का, कम्बोडियालगायतका देशबाट राजनैतिक दलका प्रतिनिधि आउनेछन् । चिनियाँ कम्युनिष्ट पार्टीको भिडियो सन्देश प्राप्त भएको छ भने विभिन्न देशका राजनीतिक दलका शुभकामना सन्देश प्राप्त भएका छन् । कोरोनाका कारण धेरै देशबाट पाहुनाहरु उपस्थित हुन नसकेको उनले बताए ।

आज उद्घाटन सत्रपछि मङ्सिर ११ गते बिहान ८ः३० बजेदेखि सौराहामा बन्दसत्र सुरु हुने छ । अध्यक्ष मण्डल र माइन्युट कमिटि बनिसकेका छन् । बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओली र विदेशी पाहुनाहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही दिन उम्मेदवारी दर्ता, दावी विरोध र फिर्ता समेतको प्रक्रिया सकेर साँझ ६ बजे अन्तिम नामावली प्रकाशित गरिने छ । मङ्सिर १२ गते बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु हुनेछ । मतदानका लागि १०० वटा भोटिङ मेसिन तयार गरिएको छ । तीमध्ये ९० वटामा मतदान गरिने छ भने १० वटा जगेडाका रूपमा राखिने छ । सोही दिन साँझसम्ममा मत परिणाम आउने उनले जानकारी दिए ।

 मङ्सिर १३ गते पार्टीका प्रतिनिधि र सञ्चारकर्मीको उपस्थितिमा चितवन घोषणापत्र जारी गरेर महाधिवेशन सम्पन्न हुनेछ । महाधिवेशन सम्पन्न गर्न रु सात करोड ५० लाख खर्च हुने र सो रकम एमालेकै नेता कार्यकर्ताबाट सङ्कलन भएको पार्टी प्रचार विभाग प्रमुख भट्टराईले बताए । उद्घाटन सत्रका दिन यात्रुवाहक सवारी साधन रोक्ने काम पार्टीका तर्फबाट नहुने उनले स्पष्ट पारे ।

महाधिवेशन सकिए लगत्तै नेकपा एमाले निर्वाचनको तयारीमा जुट्ने उनले बताए । यो महाधिवेशनले पार्टीलाई सम्पूर्ण ढङ्गले एकताबद्ध बनाउने र आगामी निर्वाचनमा नेकपा एमालेले बहुमत प्राप्त गर्ने सङ्कल्प गरेर फर्कने उनको भनाइ थियो । एकता, सहमति र पार्टीभित्रका अन्तरविरोधहरुलाई मैत्रीपूर्ण ढङ्गले समाधान गर्दै कम्युनिष्ट आन्दोलनको एकमात्र पार्टीका रूपमा एमालेललाई स्थापित गर्ने भट्टराईले बताए ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.