add

डोल्पा कांग्रेसमा देउवाको वर्चश्व : सभापतिमा शाही निर्वाचित






ActPro Nepal

|

८ मंसिर, २०७८

|
483

जाजरकोट । नेपाली कांग्रेस डोल्पाको सभापतिमा दीपेन्द्रबहादुर शाही विजयी भएका छन् । उनी २ सय ३७ मत ल्याएर विजयी भएका हुन् । तत्कालीन सभापति अंगतकुमार बुढालाई ७९ मतले पराजित गर्दै संस्थापन निकट शाही सभापति निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । प्रतिद्वन्द्वी बुढाले १ सय ५८ मत ल्याए । अर्का उम्मेदवार गौरीशंकर उपाध्यायले २३ मत र दुध कुमारी हमालले ११ मत पाए ।

दुई सीट रहेको उपसभापतिमा २ सय ४४ मतसहित पूर्ण शाही विजयी भए । अर्को सीटमा लवकुमार शाही २ सय १० मत ल्याएर विजयी भए । उपसभापतिमा निर्वाचित दुवै शाही देउवा प्यानल हुन् । उप-सभापतिका उम्मेदवार श्याम रोकायले २ सय मत ल्याएर पराजित भए ।  

त्यसैगरी सचिवमा २ सय ४० मत ल्याएर हिक्मत बहादुर शाही र २ सय ५० मत ल्याएर दशरथ रोकाय निर्वाचित भए । सचिवमा निर्वाचित शाही पनि देउवा प्यानलकै हुन् । प्रतिद्वन्द्वी सुवास कठायतले १ सय ३५ र जनक बहादुर रोकायले ८८ मत ल्याएर पराजित भए । 

सहसचिवमा लक्ष्मणबहादुर शाहीले २ सय ३१ र सुरेन्द्र प्रसाद महतले २ सय ६० मत ल्याएर विजयी भए । सहसचिवका उम्मेदवार दिल कुमार रोकायले १ सय ५० मत ल्याएर पराजित भए । जिल्ला सभापतिमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि शाही, बुढा, उपाध्याय र हमाल चुनावी मैदानका उत्रिएका थिए । नवनिर्वाचित सभापति शाही निर्माण व्यवसायी पनि हुन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.