add

सोलुखुम्बुको कांग्रेस नेतृत्व चयनका लागि पुनः मतदान हुने






ActPro Nepal

|

८ मंसिर, २०७८

|
730

काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बुको सभापति पदका लागि दोस्रो चरणको मतदान मङ्सिर १४ गते हुने भएको छ। नेपाली कांग्रेसको मङ्गलबार बसेको बैठकले सभापति चयनका लागि मङ्सिर १४ गते निर्वाचन गर्ने निर्णय गरेको हो। 

पदाधिकारी चयनका लागि मङ्सिर २ गते पार्टीको निर्वाचन भए पनि सभापति चयन हुन सकेको थिएन। जिल्ला सभापतिमा तीनजनाको उम्मेद्वारी परेपछि कांग्रेसको विधानअनुसार कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत मत ल्याउन नसक्दा नेतृत्व चयन हुन नसकेको हो। 

पार्टीको विधानअनुसार सभापतिमा दुई वा सोभन्दा बढी उम्मेद्वार भएको खण्डमा कुनै पनि उम्मेद्वारले कम्तीमा ५१ प्रतिशत मत प्राप्त गर्नुपर्छ। यदि ५१ प्रतिशत मत प्राप्त नगरेको खण्डमा सहमतिबाट सभापति चयन गर्न सक्ने र सहमति पनि नभएको खण्डमा पुनः निर्वाचन गर्नु पर्ने व्यवस्था रहेको छ।

जिल्ला सभापतिका लागि नाम्गेलजाङ्बु शेर्पा, विनोदकुमार बस्नेत र रामबहादुर बस्नेतको उम्मेद्वारी परेको थियो। कूल मतदाता ९२४ मध्ये ८८२ मत खसेको थियो। सोमध्ये विनोदकुमारले ४२८ मत, नाम्गेलजाङबुले ४१८ र रामबहादुरले पाँच मत प्राप्त गरेका थिए। सबैभन्दा कम मत प्राप्त गरेका उम्मेद्वार रामबहादुर स्वतः बाहिएसँगै अबको निर्वाचनमा नाम्गेलजाङबु र विनोदकुमारबीच प्रतिस्पर्धा हुने भएको छ। 

मङ्सिर २ मा सम्पन्न निर्वाचनबाट उपसभापतिसहित जिल्ला कार्यसमिति र २५ महाधिवेशन प्रतिनिधि चयन भएका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.