add

म प्रधानमन्त्री छैन तर प्रधानमन्त्रीभन्दा कम छैन : प्रचण्ड






ActPro Nepal

|

८ मंसिर, २०७८

|
773

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफू प्रधानमन्त्रीभन्दा कम नभएको बताएका छन्।

बुधबार धनगढीमा भजनी नगरपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले भने, “‘हुन त अहिले म प्रधानमन्त्री छैन, तर प्रधानमन्त्रीभन्दा कम पनि छैन।”

उनले  यो सरकार बलियो रहेको भन्दै विगतको जस्तो जनतालाई ठग्ने सरकार नभएको बताए। प्रचण्डले माओवादी केन्द्र बलियो भने यो राष्ट्र बलियो हुने बताए।

‘सबै जिल्ला माओवादीमय छ। माओवादीलाई भ्रम खोज्ने कोसिस गरियो। लोकतन्त्रविरोधी तत्वलाई परास्त गर्न माओवादीले सबैभन्दा धेरै लडेको हो। हामी जनताको साथमा छौं। गुटबन्दी र अराजकता होइन विकास निर्माणमा लाग्नुस्।’ उनले भने, ‘मैले नै दुई पटक प्रधानमन्त्री बनाए केपी ओलीलाई। तर, उनी नायक रहेनन् खलनायक भए। ’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.