add

दोहोरो अंकले घट्यो नेप्से, परिसुचक २७३३ अंक पुग्दा ४ अर्ब १६ करोडको कारोबार






ActPro Nepal

|

७ मंसिर, २०७८

|
946

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक नेप्से ३२.२९ अंकले घटेर २७३३. १४ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२४ कम्पनीको ४ अर्ब १६ करोड ५८ लाख ९६हजार ५७७ रुपैयाँ बराबरको ७४ लाख ४८ हजार ३३६ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूह मध्ये १२ वटाको परिसूचक राताम्मे भएका छन् । धेरै गुमाउने फाइनान्स र हाइड्रोका लगानीकर्ता रहेका छन् ।

बैंकिङ समूहको शेयर १५अङ्कले, विकास बैंकको एक सय १९, होटलको ९३, फाइनान्सको ८८, माइक्रोफाइनान्सको ५६ र जलविद्युत् समूहको शेयर ७५ ले घटेको छ ।

यस्तै उत्पादन समूहको शेयर एक सय १ अङ्कले, जीवन बीमा समूहको १८९ अङ्कले, निर्जीवन बीमा समूहको दुई सय १ घटेको छ । र अन्य समूहको शेयर १९ अङ्कले बढेको छ ।

मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

त्यस्तै, आज आईसीएफसी फाइनान्स, एनआईबीएल प्रगति फण्ड र नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्यमा गिरावट आएको छ ।

आज यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल दूरसञ्चार कम्पनीको भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.