कांग्रेस मुख्यसचिव पौडेल र नेविसंघ पूर्वमहामन्त्री थापा महाधिवेशन प्रतिनिधिमा पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।

काठमाडौं क्षेत्र नम्बर ७ मा सोमबार भएको प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट उनी पराजित भएका हुन्।

स्याङजाबाट उनले यसपालि नै काठमाडौंमा सदस्यता सारेका थिए। उनले जम्मा ८३ मत ल्याएका थिए।

काठमाडौं क्षेत्र नम्बर ७ मा कांग्रेस नेता प्रकाशमान सिंहनिकट अधिकांशले जितेका छन्। केही महाधिवेशन प्रतिनिधि भने केन्द्रीय सदस्य प्रदीप पौडेलनिकटले पनि जितेका छन्।

क्षेत्रीय सभापति भने मुकुन्द रिजाल निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी मनोहरि तिवारीले जम्मा ५० मत ल्याएका थिए भने रिजालले २०४ मत ल्याएका थिए।

यस्तै नेविसंघ पूर्वमहामन्त्री सरोज थापा पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। उनी सभापति शेरबहादुर देउवानिकट मानिन्छन्। उनले जम्मा ३६ मत ल्याएका थिए।

नेविसंघ पूर्वकेन्द्रीय सदस्य सुशील भट्ट पनि यस क्षेत्रबाट महाधिवेशन प्रतिनिधि जितेका छन्। भट्टले १५१ मत ल्याएका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।