add

कांग्रेस महाधिवेशन : आज ६० जिल्लामा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुँदै






ActPro Nepal

|

६ मंसिर, २०७८

|
999

काठमाडौं । सत्तासीन नेपाली कांग्रेसको ६० जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन आज सोमबार सुरु हुँदैछ। 

केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार ६० जिल्लाका १ सय ४८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सुरु हुन लागेको हो। 

कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत वडा, पालिका र प्रदेशसभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न गरिसकेको छ। १४ हिमाली जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन पनि सम्पन्न भइसकेको छ।

क्षेत्रीय अधिवेशनमा वडा अधिवेशनबाट चुनिएका क्षेत्रीय प्रतिनिधिले नेतृत्वका लागि मतदान गर्ने छन्। कांग्रेसको १४ औँ महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुने कार्यतालिका छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.