add

एकीकृत समाजवादी दुई मन्त्रालयसहित प्रदेश २ सरकारमा सहभागी हुँदै






ActPro Nepal

|

५ मंसिर, २०७८

|
1148

जनकपुर । नेकपा (एकीकृत समाजवादी) आज प्रदेश २ सरकारमा सहभागी हुन लागेको छ।

मुख्यमन्त्री लालबाबु राउतले आज प्रदेश मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। जसमा एकीकृत समाजवादीका दुई मन्त्री थपिने भएका छन्।

एकीकृत समाजवादीले उद्योग, वन, पर्यटन तथा वातावरण र कानून तथा प्रदेश मामिला मन्त्रालय पाउने सहमति भइसकेको एक नेताले बताए।

एकीकृत समाजवादीका संसदीय दलका नेता सत्रुधन महतोले पर्यटन मन्त्रालयको र प्रमोद यादवले कानून मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्। आज बिहान १० बजे पद तथा गोपनीयताको शपथ खुवाउने तयारी गरिएको छ।

एकीकृत समाजवादीलाई सरकारमा ल्याउन जसपाका रामनरेश रायलाई मुख्यमन्त्री राउतले बर्खास्त गरेका थिए।

प्रदेश २ मा गठबन्धनका सबै दल प्रदेश सरकारमा सहभागी हुनेछन्। यसअघि कांग्रेस र माओवादी यसअघि नै सरकारमा सहभागी भइसकेका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.