add

पाँच दलीय गठबन्धनलाई कसैले भत्काउन सक्दैन: माधव नेपाल






ActPro Nepal

|

५ मंसिर, २०७८

|
933

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलको एकता बलियो रहेको भन्दै गठबन्धनलाई कसैले भत्काउन नसक्ने ठोकुवा गरेका छन् ।

एकीकृत समाजवादी तनहुँ–काठमाडौँ सम्पर्क मञ्चद्वारा शनिबार आयोजित भेलामा उनले गठबन्धन सरकारले जनताको हित हुने गरी काम गरिरहेको बताए । 

उनले राष्ट्रियसभा तथा उपनिर्वाचनमा गठबन्धनले साझा उम्मेदवार उठाएर सबै स्थानमा विजय हासिल गर्ने बताए । कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नेतर्फ सरकार गम्भीर रहेको बताए । वैदेशिक रोजगार क्षेत्रलाई पनि बेथिति मुक्त बनाउने प्रतिबद्धता जनाउँदै उनले वैदेशिक रोजगारीलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन भएका कानुनलाई कडाइका साथ कार्यान्वयन गरिने बताए ।

 कार्यक्रममा पार्टी उपाध्यक्ष केशवलाल श्रेष्ठ, नेताहरू प्रतापलाल श्रेष्ठ, विजय गुरुङ, दिलु पन्त, श्रीराम कार्कीलगायतले आफ्नो पार्टीको पक्षमा जनलहर आएको बताए । भेलाबाट श्रीराम पौडेलको अध्यक्षतामा ३७ सदस्यीय नेकपा (एकीकृत समाजवादी) तनहुँ–काठमाडौँ सम्पर्क मञ्च गठन गरिएको छ । कार्यक्रममा नेकपा (एमाले), नेपाली कांग्रेसलगायत पार्टी परित्याग गरी एकीकृत समाजवादी प्रवेश गरेका ५३ जनालाई अध्यक्ष नेपालले पार्टीमा स्वागत गरेका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.