add

गठबन्धन चुनावसम्म रहन्छ : सामान्य प्रशासनमन्त्री श्रेष्ठ






ActPro Nepal

|

४ मंसिर, २०७८

|
1080

संखुवासभा । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले अहिलेको गठबन्धन चुनावसम्मै रहने बताएका छन् । संखुवासभा सदरमुकाम खाँदबारीमा जनता समाजवादी पार्टी (जसपा)ले शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री श्रेष्ठले अहिले सरकारमा रहेको पार्टीहरूको गठबन्धन चुनावसम्मै रहने बताएका हुन् । 

गठबन्धनलाई उच्च स्तरीय संयन्त्र बनाएर चुनावसम्म सँगै जाने मन्त्री श्रेष्ठको भनाइ छ । अहिलेको स्थितिमा गठबन्धन चुनावसम्मै जानु पर्न अवस्था रहेको उनको भनाइ छ । गठबन्धन सरकारले साझा नीति कार्यक्रम, मन्त्रीहरूको आचार संहिता बनाउँदै काम गरिहेको स्मरण समेत मन्त्री श्रेष्ठ गराए । तत्कालिन अवस्थामा नेकपा एमालेसँग चुनावी तालमेल हुने अवस्था नभएका कारण गठबन्धन चुनावसम्म जाने मन्त्री श्रेष्ठले बताए । 

‘संघीय निजामती सेवा ऐन अध्यादेशमार्फत आउने’ 

संघीय निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले बताए । राजनैतिक गतिरोधका कारण  राज्य व्यवस्था समितिबाट पास भएर संसदमा ऐन गएको लामो समयसम्म पनि अघि बढ्न नसेको मन्त्री श्रेष्ठले बताए ।

निजामती ऐन संसदमै छलफल गरेर ल्याउन पटक पटक प्रयास गरे पनि दलहरूको खिचातानीका कारण सम्भव नभएको उनले बताए । श्रेष्ठले भने, ‘मेरो पहिलो प्राथमिकता मन्त्रालयको पुर्नसंरचना नै हो । कर्मचारी अभाव हुँदा प्रदेश तथा स्थानीय तहमा ठुलो समस्या भइरहेको छ । ऐन बन्न नसक्दा अहिले प्रशासनीक क्षेत्रमा ४० प्रतिशत र प्राविधिक क्षेत्रमा ६० प्रतिशत कर्मचारी अभाव छ ।’ अध्यादेशपछि कर्मचारीभित्र देखिएका गतिरोध अन्त्य हुने मन्त्री श्रेष्ठले बताए । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.