add

कुटाइ खाएको पौडेल पक्ष भन्छ– ‘गृहमन्त्रीका भाइको निर्देशनमा आक्रमण भयो’






ActPro Nepal

|

४ मंसिर, २०७८

|
794

बुटवल । मत गणनाका क्रममा आक्रमणमा परी घाइते भएका कांग्रेसका नेता समर्थकहरूले गृहमन्त्री बालकृष्ण खाँणको योजनामा आफूहरूमाथि आक्रमण भएको आरोप लगाएका छन् । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारत घाइते नेता तथा समर्थकहरूले अस्पतालमै आयोजित पत्रकार सम्मेलनमा यस्तो आरोप लगाएका हुन् ।

उनीहरूले गृहमन्त्री तथा पार्टी नेता खाँणका भाइ कांग्रेस रुपन्देहीका सचिवसमेत रहेको रामकृष्ण खाँणको निर्देशनमा आक्रमण भएको आरोप लगाए । मण्डले शैलीमा आक्रमण भएको भन्दै उनीहरूले आन्तरिक लोकतन्त्रको अभ्यास गर्ने नाममा अर्को समूहमाथि आक्रमणमा उत्रिनु खेदजनक र निन्दनीय भएको बताए ।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ (क) का उम्मेदवार पुरनप्रसाद श्रेष्ठले गृहमन्त्री बालकृष्ण खाँणका भाइ रामकृष्ण खाँणको निर्देशनमा आक्रमणको भएको सूचना पाएको बताए । तरुण दल रुपन्देहीका अध्यक्ष सोमबहादुर गुरुङको नेतृत्वमा आएको समूहले काँग्रेस नेता शैलेस पन्तमाथि सांघातिक आक्रमण गरेको बताउँदै उनले सत्ता र शक्तिको आडमा गुण्डा परिचालन गरेर चुनाव आफ्नो पक्षमा पार्ने कोशीस गरिएको बताए । 

राति मतगणना चलिरहँदा देउवा पक्षका कार्यकर्ता पुगेर जेनेरेटर बन्द गरी आक्रमण थालेका थिए । आक्रमणमा प्रदेश निर्वाचन क्षेत्रका सचिव पदका उम्मेवार पन्तसहित पाँच जना कार्यकर्ता घाइते भएका छन् । गम्भीर घाइते पन्तको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ भने अन्य चार जनाको भीम अस्पताल भैरहवामा उपचार भैरहेको छ । निर्वाचनमा पराजित हुने डरले देउवा पक्षले आक्रमण गरेको पौडेल पक्षको आरोप छ ।

र कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले आफ्नो संलग्नताको आरोप अस्वीकार गर्दै मतगणना स्थलमा नभई बाहिर झडप भएको र यो विषयलाई गृहमन्त्रीसँग जोड्न आवश्यक नरहेको बताए । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.