add

कट्टुभित्र दुई किलो सुन लुकाएर ल्याउने पक्राउ






ActPro Nepal

|

३ मंसिर, २०७८

|
946

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दुबईबाट शुक्रबार विहान काठमाडौं ओर्लिएका दाङका सीताराम चौधरी र सिरहाका सरोज सहनीलाई कट्टुभित्र एक/एक किलो लेदो अवस्थामा पोको पारेर राखिएको सुनसहित नियन्त्रणमा लिइएको विमानस्थल सुरक्षा प्रमुख एसएसपी राजेश बाँस्तोलाले जानकारी दिए ।

सुन ल्याउने दुबै जना वैदेशिक रोजगारीका सिलसिलामा गएको र नेपाल आउँदा भारतीय नागरिकले पठाएको वयान दिएका छन् । 'अन्दाजी दुई किलो हो । भन्सारमा बुझाउँदैछौं,' एसएसपी बाँस्तोलाले भने, 'इण्डियनले पठाएको भनेका छन् । थप अनुसन्धान हुँदैछ ।'

उनकाअनुसार दुबै जनाले भित्रि वस्त्र अन्डरवेयरभित्र कपडाको सेनिटेरी प्याडजस्तो बनाएर सुन विमानस्थलको एक्सरे मेसिन पार गराएका थिए । तर पार्किङस्थलमा अस्वभाविक हाउभाउ देखाएपछि प्रहरीले खानतलासी गर्दा सुन फेला परेको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.