add

यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू






ActPro Nepal

|

३ मंसिर, २०७८

|
1196

काठमाडौं । सरकारले राष्ट्रियसभा निर्वाचनको मिति तोकेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचनाप्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले माघ १२ गते राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने निर्णय सरकारले गरेको जानकारी दिएका हुन् ।

आगामी फागुन २१ गते राष्ट्रियसभाका २० जना सदस्यको कार्यकाल सकिँदैछ । ती मध्ये १९ जना निर्वाचित भएर आउनेछन् । एकजनालाई राष्ट्रपतिले मनोनित गर्नेछिन । राष्ट्रिसभा सदस्य पद रिक्त हुनु ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नु पर्ने संवैधानिक व्यवस्था रहेको छ ।

यस्तै सरकारले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धिको पक्ष राष्ट्रहरुको इजिप्टमा हुने नवौं सम्मेलनमा भाग लिन अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई नेतृत्वको प्रतिनिधिमण्डललाई पढाउने प्रस्ताव पनि स्वीकृत गरेको छ ।

त्यसैगरी नायव महालेखा परीक्षकमा बाबुराम सुवेदी, सहमहालेखा नियन्त्रकमा उमाकान्त आचार्य र नेपाल चार्टर एकाउन्टेन्टस् संस्थाको पार्षदमा बैकुण्ठबहादुर अधिकारीलाई मनोनयन गर्ने निर्णय पनि गरिएको प्रवक्ता कार्कीले बताए ।

मन्त्रिपरिषद् बैठकले एसियन-अफ्रिकन लिगल कन्सलटेटिभ अर्गानाईजेशनको ५९ औं वार्षिक सभामा भाग लिन कानुन, न्याय तथा संघीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू नेतृत्वको प्रतिनिधिमण्डललाई पठाउने प्रस्ताव पनि स्वीकृत गरेको छ ।

रक्षामन्त्री डा.मिनेन्द्रप्रसाद रिजाल नेतृत्वको प्रतिनिधिमण्डललाई दक्षिण कोरियामा हुने यूएन पिस किपिङ मिनिष्ट्रियल मिटिङमा भाग लिन पठाउने प्रस्ताव पनि स्वीकृत गरिएको छ ।

मन्त्रिपरिषद् बैठकले मोरक्कोमा हुने इन्टरनेशनल एक्जुक्यूटिभ काउन्सिल अफ आईईसी सम्मेलनमा सिंचाई सचिव सागरकुमार राईलाई सहभागी हुन स्वीकृति दिएको छ ।

एसियाली विकास बैंकबाट प्राप्त हुने थप सहुलियतपूर्ण ऋण सहायता अमेरिकी डलर ६० मिलियन स्विकार गर्ने, नेपाल स्वास्थ्य सेवाको अधिकृत १२ औं तहमा डा.श्यामसुन्दर यादव, भिमसिंह तिङ्करी र डा.गुणराज लोहनीलाई बढुवा गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको प्रवक्ता कार्कीले बताए ।

मन्त्रिपरिषद् बैठकले पशु कल्याण विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गरेको छ । पशुप्रति हुने निर्दयी व्यवहार रोक्नका लागि समिति गठन गर्ने निर्णय पनि गरिएको छ । संक्रमण पशुरोग नियन्त्रण विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति पनि मन्त्रिपरिषद् बैठकले गरेको मन्त्री कार्कीले बताए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.