add

हिमाली जिल्लामा चिसो : विद्यालयमा आगो ताप्दै पढ्छन् विद्यार्थी






ActPro Nepal

|

३ मंसिर, २०७८

|
1385

बाजुरा । हिमाली जिल्लाका रुपमा रहेको बाजुरामा दैनिक रुपमा चिसो बढ्दै गएको छ । चिसो बढ्न थालेपछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।

चिसो बढेपछि बालकदेखि वृद्धसम्म बिहान बेलुकी घरबाहिर निस्कनसमेत गाह्रो हुने गरेको छ । हिमाली क्षेत्रमा चिसो बढेपछि विद्यालयको पढाइ प्रभावित बन्न थालेको छ ।

चिसो बढेसँगै विद्यालयको चौरमा विद्यार्थीलाई आगो बालेर पढाइ सञ्चालन गर्न थालिएको छ । यहाँको बडीमालिका नगरपालिका-९ ढम्कनेमा रहेको सरस्वती आधारभूत विद्यालय चिसो बढेपछि विद्यार्थीलाई आगो बालेर पढाइ सञ्चालन गर्ने गरेको विद्यालयका प्रधानाध्यापक हस्तबहादुर धामीले बताए ।

उनले विद्यालयमा १६० जनाभन्दा बढी विद्यार्थी अध्ययन गर्दै आइरहेको बताए । तीमध्ये १५० विपन्न विद्यार्थी पढ्ने गरेका छन् । उनीहरु जुत्ता, कपडा किन्न सक्दैनन्, हिउँ झैँ तुसारो पर्छ, चिसोले पठनपाठनमा समस्या भएपछि आगो बालेर पढाइ सुरु भइरहेको वडा नं ७ का वडाध्यक्ष धर्मराज पाध्यायले बताए ।

चिसोले बालबालिकामा रुघा, ज्वरो आउने, विद्यार्थीका हात फुट्ने, गाला चर्किने समस्या देखिने गरेकाले विद्यार्थीको नियमित पढाइ हुन नसकेको धामीकाे भनाइ छ ।

विद्यालयमा मङ्सिरको पहिलो सातातिर हिउँ पर्ने सुरु हुन्छ, अहिले चिसो बढ्न थालेको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.