add

झन्डा मेला हेर्न गएकी महिलाको बलात्कारपछि हत्या






ActPro Nepal

|

३ मंसिर, २०७८

|
903

महोत्तरी । महोत्तरीमा झन्डा मेला हेर्न गएकी एक महिलाको बलात्कारपछि हत्या भएको तथ्य खुलेको छ ।  गत १३ असोजमा झन्डा मेला हेर्न गएकी भंगहा-२ बखरी टोलकी ३५ वर्षीया अमृता सदाको बलात्कारपछि हत्या भएको खुलेको हो ।

प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सदाको हत्यामा संलग्न रहेको आरोपमा समातिएका दुईजनालाई सार्वजनिक गरेको हो । बलात्कारपछि हत्या घटनामा महोत्तरीको भंगहा नगरपालिका-५ सीतापुर बस्ने २४ वर्षीय विपीन मण्डल र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ पर्सा पकडिया बस्ने ४२ वर्षीय मनोज यादव संलग्नता रहेको जिल्ला प्रहरी प्रमुख दिनेश आचार्यले जानकारी दिए ।

उनीहरूले अमृतालाई मेला हेर्न जाउँ भनी झुक्याएर साँझ ९ बजे गाउँ नजिकैको चौरीमा पुर्‍याएर पालैपालो बलात्कार गरेको र बेहोस भएपछि हत्या गरेको अभियुक्तहरूले स्वीकार गरेको आचार्यले बताए । प्रहरीका अनुसार १ मंसिरमा विपीनलाई उनकै गाउँबाट र मनोजलाई सिरहाको मिर्चैया नगरपालिका-५ पक्राउ गरिएको हो  । उनीहरूमाथि जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.