add

'ए' डिभिजन लिग आजबाट, उद्घाटन खेलमा सातदोबाटो र फ्रेन्ड्स भिड्दै






ActPro Nepal

|

३ मंसिर, २०७८

|
1233

काठमाडौं । शीर्ष डिभिजन लिग आज शुक्रबारबाट सुरु हँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने लिगको उद्घाटन खेलमा ललितपुरका दुई टोली नवप्रवेशी सातदोबाटो युथ क्लब र फ्रेण्ड्स क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

साँझ पौने ५ बजे सुरु हुने लिगको उद्घाटन खेलमा दुवै क्लब जितका साथ तीन अंक एकतर्फी पार्ने योजनामा हुनेछन् । 

सातदोबाटो युथ क्लब यसै सिजन भएको ‘बी’ डिभिजन लिगबाट दुई खेल अघि नै ‘ए’ डिभिजन लिगमा बढुवा भएको थियो । फ्रेण्ड्सले भने झण्डै चार दशकदेखि लगातार ए डिभिजन लिग खेल्दै आएको छ । 

खेलअघिको पत्रकार सम्मेलनमा दुबै टोलीले एक अर्कालाई कमजोर नआक्ने र तिन अंकको लागि खेल्ने बताए । 

फ्रेण्ड्स क्लबका मुख्य प्रशिक्षक मृगेन्द्र मिश्रले शीर्ष डिभिजनको लिगमा सबै विपक्षी बलियो हुने बताउँदै सातदोबाटो नयाँ भए पनि जोस र जाँगरका साथ खेल्ने योजना सुनाए । उनले सातदोबाटोविरुद्धको खेल सहज नहुने स्वीकारे । 

‘हामीले ४० दिन प्रशिक्षण गरेका थियौ । ए डिभिजन लिगमा बाच्ने लक्ष्य हुनेछ । हामी छैटौं, सातौं स्थानसम्म आउने प्रयास गर्नेछौ । खेलमा जुन विपक्षी पनि बलियो हुन्छन् । सातदोबाटो नयाँ क्लब हो, नयाँमा अझ जोस र जाँगर हुन्छ । भोलिको खेल गाह्रो नै होला ।’ नेपाललाई १३ औं दक्षिण एसियाली खेलकुद ९साग० को उपाधि जिताउँदा गोलरक्षक प्रशिक्षक मिश्रले भने । 

फ्रेण्ड्सका कप्तान सुरज बिकले पनि प्रशिक्षकको भनाईमा सहमति जनाउँदै सातदोबाटोलाई कम नमानेको र ३ अंकको लागि खेल्ने बताए । 

‘हाम्रो टोली औसत छ । सातदोबाटोलाई हामीले कम मानेका छैनौं । ३ अंक हासिल गर्ने योजना छ ।’ पहिलो पटक फ्रेण्डस्को जर्सीमा देखिन लागेका बिकले भने । 

पहिलो पटक ‘ए’ डिभिजन लिग खेल्न लागेको सातदोबाटो भने विगतका दिनमा ए डिभिजन लिग खेलेका र विदेशी खेलाडीको साथमा लिगमा उत्कृष्ट प्रदर्शन गर्ने योजनामा हुनेछ । 

शीर्ष डिभिजनको पहिलो खेलमा सातदोबाटोको नजर तिन अंकमा हुनेछ । ‘ए डिभिजन लिग खेल्न पाउँनु नै ठूलो कुरा हो । त्यसमा पनि उद्घाटन खेल पाउनु र खेलाडीले पनि पहिलो खेलमा अनुभव लिन पाउनु ठूलो कुरा हो ।’ नेपाल राष्ट्रिय टोलीको सहायक प्रशिक्षकको रुपमा काम गरिसकेका केसीले भने । 

कुन–कुन कुरामा सुधार गर्नुपर्छ सबैसँग खेलेपछि थाहा हुन्छ । दुई–तीन खेल खेलेपछि नजर परिवर्तन गर्छौं ।’

क्लबका कप्तान मानबहादुर तामाङले नयाँ क्लबलाई चुनौतीको रुपमा लिएको र लिगमा सातदोबाटो नयाँ भएकाले अनुभव बाड्न आएको प्रतिक्रिया दिएका छन् । 

करिब ४ महिना हुने लिगमा १४ क्लबको सहभागिता छ । राउण्ड रोबिन पद्दतिमा हुने लिगमा ९१ खेल हुनेछन् । लिगको शीर्षस्थानको टोली एएफसीको प्रतियोगिताका लागि छनोट हुनेछ भने पुछारका दुई टोली ‘बी’ डिभिजन लिगमा घटुवा हुनेछन् । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.