add

‘ए’ डिभिजन लिगका सुरुआती दुई चरणका खेल दशरथ रंगशालामा हुने






ActPro Nepal

|

३० कार्तिक, २०७८

|
1431

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत पहिलो र दोस्रो चरणका सबै खेल दशरथ रंगशालामा हुने भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेल मैदानलाई परिवर्तन गरेर सुरुवाती दुई चरणका सबै खेल दशरथ रंगशालामा राखेको हो । यसअघि दशरथ रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल हुने बताइएको थियो ।

 मंसिर ३ गतेबाट सुरु हुने लिगको उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटनको दिनमा एक खेल भए पनि त्यसपछि पहिलो चरणमा दिनको दुई खेल रहेका छन् । 

दोस्रो चरणमा पनि मंसिर १२ गतेबाहेक अरू दिन दिनको दुई खेल हुनेछन् । पहिलो खेल १ बजे तथा दोस्रो खेल साढे ४ बजेबाट हुनेछन् ।

यो पटक लिगको विजेताले ७५ लाख रुपैयाँ पाउनेछ भने दोस्रो हुनेले ५० लाख रुपैयाँ हात पार्नेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.