add

न्युजिल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो टि–२० विश्वकपको पहिलो उपाधि






ActPro Nepal

|

२९ कार्तिक, २०७८

|
589

काठमाडौं । अष्ट्रेलियाले पहिलो पटक आईसीसी टी-२० विश्वकपको उपाधि जितेको छ। आइतबार भएको सातौं संस्करणको टी-२० विश्वकपको फाइनलमा न्युजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै अष्ट्रेलिया च्याम्पियन बनेको हो।

१ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १८.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो। अष्ट्रेलियाकाे जीतमा मिचेल मार्श ५० बलमा ६ चौका र ४ छक्का सहित सर्वाधिक ७७ रनमा अविजित रहे। अर्का ओपनर डेविड वार्नरले ३८ बलमा ४ चौका र ३ छक्कासहित ५३ रनमा बोल्ड आउट भए। ग्लेन म्याक्सवेल १८ बलमा ४ चौका र १ छक्का सहित २८ रनमा अविजित रहे।

तीव्रगतिका बलर ट्रेन्ट बोल्टको तेस्रो ओभरको तेस्रो बलमा ओपनर आरोन फिन्च ५ रनमा डर्याल मिचेलबाट क्याच आउट भए। दोस्रो विकेटका लागि दोस्रो विकेटका लागि ५९ बलमा ९२ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए। बोल्टले १३ औं ओभरको दोस्रो बलमा वार्नरलाई बोल्ड आउट गरेका थिए। न्युजिल्यान्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए।

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो। न्युजिल्यान्डका कप्तान केन विलियम्सनले ४८ बलमा १० चौका र ३ छक्का सहित सर्वाधिक ८५ रनको योगदान दिए। ओपनर मार्टिन गुप्टिलले तेस्रो ओभरको तेस्रो बलमा ब्यक्तिगत १० रनमा जीवनदान पाएका थिए। स्पिनर ग्लेन म्याक्सवेलको बलमा इन साइट एज लागेपनि विकेटकिपर म्याथ्यु वेडले क्याच ड्रप गरेका थिए।

तीव्र गतिका बलर जोश हेजलवुडको चौथो ओभरको पाँचौं बलमा ओपनर डर्याल मिचेल एज लागेर ११ रनमा वेडबाट क्याच आउट भए। पहिलो विकेटका लागि गुप्टिल र मिचेलले २८ रनको साझेदारी गरेका थिए। दोस्रो विकेटका लागि विलियम्सन र मार्टिन गुप्टिलले ४५ बलमा ४८ रनको साझेदारी गरेका थिए।

स्पिनर एडम जाम्पाको १२ औं ओभरको पहिलो बलमा गुप्टिल २८ रनमा क्याच आउट भए। ३५ बलमा खेलेका गुप्टिलले ३ चौका प्रहार गरे। विलियम्सनले १६ औं ओभरमा तीव्र गतिका बलर मिचेल स्टार्कलाई ४ चौका र १ छक्का सहित २२ रन प्रहार गरेका थिए। सुरुवाती समय विलियम्सन १९ बलमा १८ रनमा खेलेका थिए। त्यसपछि विलियम्सनले रनको गति बढाएका थिए।

तेस्रो विकेटका लागि विलियम्सन र ग्लेन फिलिप्सले ३७ बलमा ६८ रनको उत्कृष्ट साझेदारी गरेका थिए। फिलिप्स ठूलो सट खेल्ने धुनमा डिप मिडविकेटमा १८ रनमा क्याच आउट भएका थिए। फिलिप्सले १७ बलमा १ चौका र १ छक्का प्रहार गरे । जोश हेजलवुडको १८ औं ओभरको पाँचौं बलमा ठूलो सट खेलेका विलियम्सन लङअफमा स्टिभ स्मिथबाट क्याच आउट भएपछि शतक बनाउन चुकेका थिए। जिमी निशमले १३ र टिम सिफर्टले ८ रनमा अविजित रहे।

अष्ट्रेलिया तीव्र गतिका बलर जोश हेजलवुडले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए। स्पिनर एडम जाम्पाले १ विकेट लिए। मिचेल स्टार्कले ४ ओभरमा ६० रन खर्चेपनि विकेट लिन सकेनन्।

अष्ट्रेलिया विजेताले १.६ मिलियन डलर पुरस्कार पाउनेछ। उप विजेता टोली न्युजिल्यान्डले ८ लाख डलर प्राप्त गर्ने भएका छ। सेमिफाइनलमा पराजित हुने दुई टोलीले इंग्ल्यान्ड र पाकिस्तानले ४-४ लाख डलर प्राप्त गर्नेछन्। अष्ट्रेलियाले यसअघि दुई च्याम्पियन्स ट्रफी र पाँच विश्वकप उपाधि जितेको छ। अष्ट्रेलियाले १८८७, १९९९, २००३, २००७ र २०१५ मा एकदिवसिय विश्वकप उपाधि जितेको थियो। २००६ र २००९ को च्याम्पियन्स ट्रफी उपाधि जितेको थियो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.