add

ढाका व्यवसायीहरुको राष्ट्रिय सम्मेलन तथा दोस्रो ढाका वस्तु प्रदर्शनी आगामी पुसमा






ActPro Nepal

|

२८ कार्तिक, २०७८

|
856

काठमाडौं । ढाका व्यवसायीहरुको राष्ट्रिय सम्मेलन तथा दोस्रो ढाका वस्तु प्रदर्शनी आगामी पुसमा हुने भएको छ ।

ढाका कपडा र यसबाट बनेका वस्तुहरुको प्रवद्र्घन र बजारीकरण गर्ने उद्देश्यले काठमाडौंमा गर्न लागिएको आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्र र नेपाल ढाका कपडा उद्योगी व्यवसायी संघले जानकारी दिएको छ । प्रदर्शनी पुस २, ३ र ४ गते काठमाडौंको बानेश्वर थापागाउँस्थित बानेश्वर ब्याङ्क्वेटमा हुने भएको हो ।

विगतमा महासंघको पहलमा ढाका उद्यमी व्यवसायीहरुको छाता संस्थाको रुपमा नेपाल ढाका कपडा उद्योगी व्यवसायी संघको केन्द्रीय तदर्थ समितिलाई व्यवस्थित ढंगले अगाडी बढाउन व्यवसायीको भेला समेत आयोजना गर्न लागिएको बताइएको छ ।

परापूर्वकालदेखि चलि आएको परम्परागत उद्योग व्यवसायहरु मध्ये नेपालको एक मौलिक उत्पादन ढाका कपडा थोरै पूंजी, परम्परागत प्रविधि र स्थानीय जनशक्तिमा आधारित छ ।

ढाका उद्योग व्यवसाय जुनकुनै स्थानमा पनि सजिलैसंग सञ्चालन गर्न सकिने भन्दै संघले देशको सुदूर पूर्वदेखि सुदूर पश्चिमसम्म सबै ग्रामिण, अर्धशहरी तथा शहरी क्षेत्रहरुमा घरायसी एवं व्यवसायिक प्रयोजनका लागि ढाका कपडा तथा ढाका वस्तु उत्पादन र प्रयोग गर्ने कार्य हुँदै आएको छ ।

यसबाट ग्रामिण क्षेत्रमा स्व–रोजगार तथा रोजगार एवं आय बृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह भएको छ । साथै अमेरिका, जापान, जर्मनी, क्यानडा, स्वीजरल्याण्ड, नेदरल्याण्डलगायतका देशहरुमा निकासी भई वैदेशिक व्यापार घाटा न्यूनीकरण र वैदेशिक मुद्रा आर्जनमा समेत सहयोग पु(याउँदै आउनुका साथै आयातित कपडाहरुलाई प्रतिस्थापन गर्न सहयोग पु(याउँदै आएको महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले बताए ।

स्वदेशी वजारमा व्यापकता प्रदान गर्दैै विदेशबाट आयात हुने कपडाको मात्रा न्यूनीकरणमा सहयोग पु¥याउनु सम्मेलन तथा प्रदर्शनीको उद्देश्य रहेको उनले जानकारी दिए ।

त्यस्तै स्थानीयस्तरमा रोजगारी श्रृजना गर्नु, ढाका वस्तु उत्पादन गरी बजारीकरण र त्यसको निकासीबाट उद्यमी तथा राष्ट्रलाई हुने लाभ र तेस्रो नेपाली मौलिक उत्पादनको विश्व वजारमा प्रचार, प्रसार र पहिचान एवं प्रवद्र्धन हुन गई फेशन इण्डष्ट्रिमा परम्परागत र नविन वस्तुको रुपमा स्थापित हुनु हो ।’

अहिले ढाका तथा ढाकाजन्य वस्तुको उत्पादनको गुणस्तर कायम गरी तिनको निकासी गर्न सकिने अवस्था रहेको संघको भनाई छ र्। अहिले पनि ढाका तथा ढाकाजन्य उत्पादनहरु निर्यात भइरहे पनी निश्चित तथ्यांक नभएको व्यवसायीहरुको गुनासो छ ।

विभिन्न शिर्षक जस्तै हस्तकलाका वस्तु वा सुती कपडा अन्तर्गत ढाकाका बस्तुहरु निर्यात भईरहेका छन । देशभर पाँच हजारभन्दा बढी व्यवसायीहरु रहेका छन् । त्यस्तै ढाका उद्योगबाट भने एक लाख भन्दा बढीले रोजगारी पाएको संघका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए ।

हालसम्म ढाका कपडा उत्पादनमा परम्परागत सीप शैली तथा डिजाइनको मात्र प्रयोग भइरहेकोमा अहिले आएर यसका उत्पादनहरुमा वजारको माग तथा बद्लिदो परिवेश अनुसार उत्पादन विविधिकरण कार्यको थालनी भएको व्यवसायीहरु बताउँछन् ।

सम्मेलनमा ढाका व्यवसायको वर्तमान स्थितिको विश्लेषण गरी यस व्यवसायमा देखा परेका समस्याहरु तथा समाधानका उपायहरुको पहिचान गरेर सम्बन्धित निकायमा रचनात्मक सुझाव दिन, ढाका बुन्न प्रयोग हुने सूती धागोमा भ्याटलगायत बिषयमा छालफल तथा समस्या समाधानका प्रयास हुनेछन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.