add

अन्जन श्रेष्ठ धितोपत्र बोर्डको सञ्चालकमा नियुक्त






ActPro Nepal

|

२६ कार्तिक, २०७८

|
8240

काठमाडौं । नेपाल धितोपत्र बोर्डको सञ्चालकमा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठ नियुक्त भएका छन् ।

यस अघि महासंघका वरिष्ठ उपाध्यक्ष एवं आईएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल बाहिरीएपछी सञ्चालक पद रिक्त थियो । ढकाल सर्वोत्तम सिमेन्टको शेयर प्रकरणमा मुछिए पछि बोर्डको सञ्चालकबाट बाहिरिएका थिए ।

रिक्त रहेको सो पदमा महासंघ अध्यक्ष शेखर गोल्छाले महासंघका उपाध्यक्ष श्रेष्ठलाई पठाउने निर्णय गरेका थिए ।

श्रेष्ठ बिहीबार पहिलो पटक धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकमा सहभागिता जनाएका छन् ।

श्रेष्ठले अब करिब डेढ वर्ष धितोपत्र बोर्डमा बिताउने छन् । उनी उद्योग वाणिज्य महासंघका वस्तुगततर्फका उपाध्यक्ष हुन् । साथै उनी अटोमाबाइल, खाद्यान्न, स्टील, कन्फेक्सनरी, डेरीलगायत उद्योग तथा व्यवसायमा संलग्न छन् ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.