add

प्रदेश १ मा धानको उत्पादन २.४ प्रतिशतले बढ्यो,मसला उत्पादन ५.९ प्रतिशतले घट्यो






ActPro Nepal

|

२४ कार्तिक, २०७८

|
752

काठमाडौं । यो वर्ष प्रदेश १ मा धानको उत्पादन बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेश १ को आर्थिक गतिविधि सम्बन्धी वार्षिक अध्ययन प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको तुलनामा धानको उत्पादन २.४ प्रतिशत प्रतिशतले बढेको हो ।

कृषि बालीले ढाकेको कुल क्षेत्रफल ०.१ प्रतिशतले बढेको छ भने कृषि बालीहरुको उत्पादन ०.८ प्रतिशतले घटेको छ । प्रमुख खाद्य बालीबाहेकका अन्य बालीहरुको उत्पादनमा कमी आएकाले समग्र कृषि बालीहरुको उत्पादन घटेको देखिन्छ ।

आर्थिक वर्ष २०७६/७७ को तुलनामा आर्थिक वर्ष २०७७/७८ मा धान उत्पादन २.४ प्रतिशत, मकै उत्पादन १.२ प्रतिशत तथा गहुँ उत्पादन ४.१ प्रतिशतले बढेको छ भने कोदो उत्पादन १.३ प्रतिशतले घटेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा तरकारी उत्पादन १.२ प्रतिशत र फलफूल तथा मसला उत्पादन ५.९ प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष २०७६/७७ को तुलनामा आर्थिक वर्ष २०७७/७८ मा दूध उत्पादन २.१ प्रतिशत, अण्डा उत्पादन ८.० प्रतिशत र माछा उत्पादन ६९.१ प्रतिशतले बढेको छ भने मासुु उत्पादन ०.५ प्रतिशतले घटेको छ ।

विभिन्न जिल्लाहरुमा प्रदेश तथा संघीय सरकारको अनुदानमा पोखरी निर्माण सम्पन्न भएको तथा माछाका भुराहरुको उत्पादन तथा वितरणमा बढोत्तरी भएका कारण माछाको उत्पादनमा वृद्धि भएको देखिन्छ ।

अघिल्लो आर्थिक वर्षकोे तुलनामा समीक्षा वर्षमा काठ उत्पादन ३९.३ प्रतिशत, दाउरा उत्पादन १२.७ प्रतिशत र औषधिजन्य उत्पादन ४५.४ प्रतिशतले बढेको छ ।

अघिल्लो आर्थिक वर्षमा कोरोना महामारीका कारण प्रदेश नं. १ का डिभिजन वन कार्यालयले रुख कटान गर्ने स्वीकृति नदिएको तर समीक्षा वर्षमा निजी वनको काठ कटानका लागि स्वीकृत दिएकाले काठ उत्पादन बढेको देखिन्छ ।

आर्थिक वर्ष २०७६/७७ को तुलनामा आर्थिक वर्ष २०७७/७८ मा कुल सिञ्चित क्षेत्रफल २.१ प्रतिशत र कुल खेतीयोग्य क्षेत्रफल १.१ प्रतिशतले बढेको छ भने खेती गरिएको क्षेत्रफल ०.१ प्रतिशतले घटेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.