add

विवादमा तानिए पर्यटन बोर्डका कार्यकारी प्रमुख रेग्मी, सरकारले सोध्यो स्पष्टीकरण






ActPro Nepal

|

२३ कार्तिक, २०७८

|
711

काठमाडौं  । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मी विवादमा तानिएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कात्तिक २० गते शनिबार भएको घटनालाई लिएर बार्डका प्रमुख रेग्मीलाई सरकारले स्पष्टीकरण सोधेको हो । 

बेलायतमा आयोजित अन्तर्राष्ट्रिय ट्राभल मार्ट (डब्लुटीएम)मा सहभागी भई नेपाल फर्कने क्रममा विमानस्थलको आगमन कक्षमा शनिबार बिहान कार्यकारी प्रमुख रेग्मी र विमानस्थल भन्सार कर्मचारीबीच विवाद भएको थियो । 

कार्यकारी प्रमुखले कर्मचारीमाथि हातपात गरेको भनी समाचार आएपछि उक्त घटना सामाजिक सञ्चालमा छाएको थियो । सोही विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले डा रेग्मीलाई आज मन्त्रालयमा बोलाएर विमानस्थलमा भएको घटनाबारे जानकारी दिएका छन् । 

उनले दुवै पक्षको जानकारी लिएर बोर्डका कार्यकारी प्रमुख रेग्मीसँग लिखित स्पष्टीकरण माग गर्न निर्देशन दिएको मन्त्रालय स्रोतले जनाएको छ । यता बोर्डले विज्ञप्ति निकालेर सामान्य कुरालाई लिएर केही सञ्चार माध्यममा आएको समाचारप्रति नेपाल पर्यटन बोर्डको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

बोर्डका कार्यकारी प्रमुख डा रेग्मी आगमन कक्षमा रहेको भन्सार जाँच गर्ने ठाउँमा आएको समयमा भन्सार जाँच पासमा खटिएका कर्मचारीको व्यवहार र ढिलासुस्तीको विषय उठाउँदा त्यसलाई अतिरञ्जित गरिएको दाबी गरिएको छ ।

 उक्त दिन भन्सार जाँचमा खटिएका विमानस्थल भन्सारका कर्मचारीसँग त्यहाँको अव्यवस्थालाई सुधार गरी जाँच छिटो गर्न आग्रह गर्दा सामान्य कुराकानीकै क्रममा सामान्य भनाभन भएको थियो । 

विज्ञप्तिमा जनाइएअनुसार बोर्डका कार्यकारी प्रमुखलाई भन्सार कर्मचारीले अमर्यादित भाषा प्रयोग गरेपछि प्रमुख रेग्मीसँगको सामान्य भनाभनको विषयलाई लिएर कर्मचारीमाथि कुटपिट नै गरेको भन्ने कुरामा कुनै सत्यता नरहेको बोर्डले स्पष्ट पारेको छ । 

त्यसैगरी कार्यकारी प्रमुखले मदिरा सेवन गरेको भन्ने विषय गलत रहेको बोर्डले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.