add

डिशहोमको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजनाका दुई विजेताले पाए स्पेन घुम्ने अवसर






ActPro Nepal

|

२२ कार्तिक, २०७८

|
1009

काठमाडौं  । डिशहोमले यो बर्षको पर्वमा ल्याएको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना अन्तर्गत पहिलो दुई भाग्यशाली विजेताको घोषणा गरेको छ ।

२०७८ असोज ११ गते देखि डिशहोम, डिशहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टिभि, सिम टिभि को नयाँ कनेक्शन लिएका र ला लिगाको सिजन टिकट खरिद गरेका ग्राहकहरु यस योजनामा सहभागी भएका थिए ।

कार्तिक १७ गते बुधबार गरिएको लक्की ड्र मार्फत प्रभु टिभि जडान गर्ने काठमाडौंका धुर्व कार्की (CasID 2549606982) र डिशहोम जडान गर्ने सिन्धुलीकी अनिशा राई (CasID 02564177952) छानिएका हुन् ।

यस लक्की ड्रको प्रत्यक्ष प्रशारण सरोकार टिभी, रियालिटि टिभी, नेपा च्यानल लगायतका च्यानलहरु र डिशहोमको फेसबुक पेजमा गरिएको थियो ।

बिजेताहरुले स्पेन जाने आउने दुईतर्फी हवाई टिकट, ४ रातको होटल व्यबस्था र ला लिगाको एउटा खेलको स्टेडियममै प्रत्यक्ष खेल हेर्ने अवसर पाउनेछन् ।

यो ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना अझैपनि डिशहोम, प्रभु टिभी, सिम टिभी, डिशहोम फाइबरनेट कम्बो प्याकेज जडानमा र ला लिगाको सिजन टिकट खरिदमा उपलब्ध छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.