add

दोहोरो अंकले घट्यो नेप्से,परिसुचक २८२९ अंक पुग्दा ४ अर्ब ४२ करोडको कारोबार






ActPro Nepal

|

२२ कार्तिक, २०७८

|
537

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से १९.२० अंकले घटेर २८२९.६५ विन्दुमा आइपुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार २३० कम्पनीको ४ अर्ब ४२ करोड ७ लाख १९ हजार १०३ रुपैयाँ बराबरको ७२ लाख ७ हजार ३९६ कित्ता शेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ समूह मध्ये ३ वटाको परिसूचकमा हरियाली छाएको छ । भने १० वटाको परिसूचक घटेको छ । बैंकिङ समूहको शेयर १९ अङ्कले, विकास बैंकको ७०, होटलको २९ घटेको छ । फाइनान्सको २१ अंकले बढेको छ । माइक्रोफाइनान्सको ५५ र जलविद्युत् समूहको शेयर १३ अङ्कले घटेको छ ।

यस्तै उत्पादन समूहको शेयर २९ अङ्कले, जीवन बीमा समूहको एक सय अङ्कले, निर्जीवन बीमा समूहको एक सय ३७ र अन्य समूहको शेयर २३ अङ्कले घटेको छ ।

आज महालक्ष्मी विकास बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ५२ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, नबिल बैंकको २२ करोड र आइसीएफसी फाइनान्स २२ करोड बढीको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।

कारोबार भएका कम्पनीमध्ये पाँच कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा उच्च बृद्धि हुने साहस उर्जा कम्पनी, आइसीएफसी फाइनान्स, तेह्रथुम पावर कम्पनी, मानुषी लघुवित्त वित्तिय संस्था र महालक्ष्मी विकास बैंक रहेका छन् । आज यी कम्पनीहरुको शेयरमूल्य आज सर्किट लेभलमा बढेको छ ।

यस्तै, कर्णाली डेभलपमेन्ट बैंक, माउन्टेन हाइड्रो र लुम्बिनी विकास बैंकका शेयरधनीले ७ प्रतिशत कमाएका छन् ।

त्यस्तै, आज सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्थाको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य करिब ८ प्रतिशतले घटेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.