add

१० हजार कामदार तत्काल कोरिया जान पाउने






ActPro Nepal

|

२१ कार्तिक, २०७८

|
905

काठमाडौं । कोरोना महामारीका कारण झन्डै २ वर्षदेखि बन्द रोजगार अनुमति प्रणाली (ईपीएस) मंसिरदेखि खुल्ने भएको छ। यस्तै  ईपीएस पास गरेका १० हजारभन्दा बढी नेपाली कामदार कोरिया जाने प्रक्रिया अघि बढ्ने भएको छ। उनीहरु २ वर्षदेखि कोरिया जाने प्रतिक्षामा छन्। 

कोरोना संक्रमण रोकथामका लागि भन्दै कामदार लैजान बन्द गरेको दक्षिण कोरियाले आउँदो  मंसिरदेखि ईपीएसको प्रक्रिया खुला गर्ने भएको हो। त्यहाँको श्रम मन्त्रालयले शुक्रबार जारी गरेको नयाँ निर्णय अनुसार ईपीएसमार्फत रोजगारीका लागि कोरिया जाने १६ वटै देशबाट कामदार जान पाउने भएका छन्। 

लामो समयदेखि कोरियामा ईपीएस अन्तर्गत नयाँ कामदार जान पाएका छैनन्। नेपाल लगायतका केही देशबाट रोजगारका लागि धेरै मात्रामा गए पनि लामो समयदेखि विदेशी कामदारले प्रवेश नपाउँदा कोरियाको कृषि र उत्पादनमूलक क्षेत्रमा कामदारको अभाव हुँदै आएको छ। 

ईपीएसमार्फत हरेक वर्ष ५० हजारभन्दा बढी कामदार दक्षिण कोरिया जाने गरेका छन्। तर कोरोना महामारी सुरू भएसँगै सम्पूर्ण प्रक्रिया रोकिएको थियो।

अहिले कोरिया सरकारले त्यहाँका ८० प्रतिशत नागरिकले कोरोनाविरुद्धको पहिलो खोप लगाइसकेको र ७५.५ प्रतिशतले खोपको पुरै मात्रा लगाएको भन्दै कोरोना रोकथामका लागि बनाइएको प्रतिबन्धलाई खुकुलो बनाउँदै लगेको छ।

नेपालबाट प्रत्येक वर्ष ५ हजार भन्दा बढी कामदार कोरिया जाने गर्थे। त्यहाँ ४० हजारभन्दा बढी नेपाली छन्। रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत गएका कामदार ३५ हजार भन्दा बढी रहेका छन् भने अध्ययन, व्यवसाय र अन्य पेसामा भएका नेपालीको संख्या ५ हजारभन्दा बढी छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.